• जीवनशैली | Jiwanshaili
  • रंगशाला प्रवेश गरेको निहुँमा जेल सजाय तोकिएपछि ब्लु गर्लले गरिन अदालत अगाडी नै आत्मदाह


    इरानमा एक जना महिलाले भेष बदलेर रंगशाला प्रवेश गर्दा भयो यस्तो हविगत । २९ वर्षीया इरानी फुटबल फ्यानले रंगशाला प्रवेश गरेको निहुँमा जेल सजाय तोकिएपछि आत्मदाह गरेकी छन् । सहर खोदायारी नाम गरेकी इरानी फुटबल फ्यान गत मार्चमा भेष बदलेर इरानको राजधानी तेहरानको आजादी रंगशाला आफनो प्रिय क्लब एस्तेगलको खेल हेर्न पुगेकी थिइन्। ‘ब्लु गर्ल’ अर्थात ‘निलो केटी’ को उपनामले चिनिएकी उनी निलो नक्कली कपाल र ओभरकोट लगाएर पुरुषको भेषमा रंगशाला छिरेकी थिइन्। उनलाई पक्राउ गरेर जमानतमा छाडिएको थियो। तर पछि छ महिना कैद हुने भएपछि अदालत अगाडी नै उनले पेट्रोल छर्किएर आत्मदाह गरेको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् ।

    व्यान्डेजले छोपिएको उनको तस्विर अहिले सामाजिक संजालमा भाइरल भएको छ। उनको शरीर ९० प्रतिशत जलेको छ । इरानको न्यायपालिकालाई खोदारीयाको मृत्युको बारेमा छानविन गर्न भनिएको छ। ‘उनको परिवारलाई चेतावनी दिइएको की मिडियासँग यस बारेमा बोल्ने अनुमती छैन।’ खोदायारी परिवासँग सम्वन्धित इरानी–क्यानडाली पत्रकार एवम चलचित्र निर्माता मजियार बहारीले भने।

    ‘सहरको मृत्यु गत शुक्रबार भयो तर सुरक्षा निकायले उनलाई तत्काल गाडिदिए। सुरक्षा अधिकारीहरुले उनको परिवारलाई भने ‘तपाईकी छोरीले हामीलाई धेरै समस्या सृजना गरिदिइन अब यस बिषयमा हामी केही सुन्न चाहदैनौ।’ सुरक्षा अधिकारीहरुको धम्कीबाट उनका नातेदारहरु डराइरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। खोदारीयाको मृत्युको समाचारले सामाजिक सञ्जालमा इरानी प्रयोगकर्ताहरुले उनको मृत्युको लागि अदालत र प्रहरीको कारबहीलाई दोष दिएका छन्। ‘उनको धेरै साधारण इच्छा चिहानमा लिन बाध्य भए,’ एस्तेगल फुटबल क्लबले विज्ञप्ती निकालेर भनेको छ। पुर्व इरानी तथा वार्यन म्युनिखका मिडफिल्डर अलि करिमीले इन्स्टाग्राममा पोष्ट गर्दै भनेका छन् ‘महिलाहरुको लागि रंगशालमा प्रतिवन्ध घृणित कार्य हो।’

    इरानलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रतिवन्ध लगाउन अन्तराष्ट्रिय फुटबल संघ (फिफा) सँग माग गरिएको छ। ‘हामी सबै जिम्मेदार छौ।’ इरानी वकिल परवनेह सलहसौरीले टविटरमा लेखे। ‘उनी ब्लु गर्लमात्र थिइनन्। उनी यस्तो देशबाट थिइन जहाँ पुरुषले तय गर्छ महिलाले के गर्नु हून्छ के हुन्न्।’ इरानमा महिलाहरुलाई रंगशाला प्रवेशका लागि दशकाै देखी विवादको विषय बन्दै आएको छ। सन १९८१ देखि इरानमा महिलालाई रंगशाला प्रवेश रोक लगाउँदै आएको छ। इरानी राष्ट्रपती हसन रुहानीले आफु प्रतिवन्ध हटाउने पक्षमा भएपनि इरानका पादरीहरुको प्रतिरोधका कारण नियम बदल्न नसकिरहेको बताएका छन्। ‘फुटबलको प्रेम एक शुद्ध प्रेम हो ।’

    इरानको एफएका पूर्व प्रमुख दाराउश मुस्तफावीले एक अन्तर्वार्तामा भनेका थिए। ‘हाम्रो राष्ट्रिय ओलम्पिक समितिको आदर्श वाक्य मानव स्वतन्त्रता हो। जब उनीहरूले यहाँ के भएको थाहा पाउँदछन, तब संसारले हामीबारे के सोच्नेछ।’ एम्नेस्टी इन्टरनेसनलको विश्वास छ कि सहर खोदायरी अझै जीवित नै छ यदि यो डरलाग्दो प्रतिबन्ध र त्यसपछिको पक्राउ, पक्राउ र कारबाही चलाउन खोज्ने को आघात नहुने हो भने। उनको मृत्यु व्यर्थ हुँदैन। भविष्यमा अरु दुर्घटनाहरू रोक्न सकिन्छ भने इरानमा पनि परिवर्तन हुनुपर्दछ। पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान मसूद शुजाएले आफ्ना चार लाख इन्स्टाग्राम फलोअर्सलाई सहयोगको सन्देश पठाएका छन् ।


    क्याटेगोरी : प्रवास

    प्रतिक्रिया दिनुहोस


    थप समाचार