लिब्राको लागि तयार रहनुहोस्!
टीएन रेग्मी, काठमाण्डाैँ ।
लिब्रा आगामी वर्ष (सन् २०२०) देखि प्रचलनमा आउने डिजिटल मुद्रा हो । फेसबुकका संस्थापक मार्म जुकवर्गको सोचमा आधारित डिजिटल मुद्रा हो । जुकवर्गले अबको केही महिनामा यो मुद्रा प्रचलनमा आउने बताएका छन् । अर्थतन्त्रका अन्य खेलाडीले नभई सामाजिक सञ्जालले विकास गरी चल्तीमा ल्याउन लागेको लिब्राको बारेमा संसारभर चर्चा भइरहेको छ ।
पछिल्लो तथ्यांकअनुसार विश्वभर फेसबुकका २ अर्ब ४० करोडभन्दा बढी सक्रिय प्रयोगकर्ता छन् । लिब्राको सञ्चालन र व्यवस्थापनका लागि कलिब्रा नामक संस्थाको स्थापना भइसकेको छ । यसको मुख्य कार्यालय स्विजरल्याण्डको जेनेभामा रहेको छ । हाल प्रचलनमा रहेका डिजिटल मुद्रामध्ये ‘बिट क्वाइन’को प्रयोग सबैभन्दा बढी छ । लिब्रासँग सुरुमै विश्वस्तरका २८ वटा ठूला संस्थाले आबद्धताको घोषणा गरिसकेका छन् । डिजिटल मुद्रा भन्नेबित्तिकै बिट क्वाइनलाई बुझिने अवस्था रहेकोमा अब त्यसको स्थान लिब्राले लिनेछ । ‘न्यु ग्लोबल करेन्सी’ उपमा दिइएको लिब्रा सर्वसुलभ हुनेछ । त्यसबाहेक हाल प्रचलनका रहेका डिजिटल मुद्राभन्दा यो भिन्न र सहज हुने बताइएको छ । लिब्राका विशेषताहरु यस्ता छन्-
- लिब्रा डिसेन्ट्रलाईज्ड (विकेन्द्रित) डिजिटल मुद्रा हुनेछ । हाल प्रचलनमा रहेका मुद्रा निकै केन्द्रीकृत छन् । जसमध्ये बिट क्वाइनको विकासकर्ताको पहिचान नै रहस्यमय छ ।
- लिब्राको प्रयोग मोबाइलमै फेसबुक र ह्वाटस्एपजस्ता सामाजिक सञ्जालबाट सहजै गर्न सकिन्छ ।
- बलिया र विश्वासिला संस्थापक एवं साझेदार संस्थाहरु । लिब्राको संस्थापकको रुपमा विश्वभर नेटवर्क भएका निकै विश्वासिला संस्थाहरु जोडिएका छन् । यसको सञ्चालनको लागि फेसबुकसँग आबद्धता नरहने संस्थाको स्थापना गरिएको छ । मास्टरकार्ड, भिसा नेटवर्क, पेपाल, भोडाफोन, स्ट्राइप, ईबे, उबर, लिफ्ट, स्पोटिफाई, क्वाइनबेस, जापो, एन्डरसन होरोविज, युनियन स्क्वायर भेन्चर, मर्सी कर्प, वुमन्स वर्ल्ड बैंकिङ आदि लिब्रामा आबद्ध भइसकेका छन् । यसबाहेक विश्चभर नेटवर्क भएका थुप्रै कम्पनीहरु यो परियोजना जोडिने घोषणा फेसबुकले गरेको छ ।
- मुद्राको मुल्यमा स्थिरता । हाल प्रचलनमा रहेका डिजिटल मुद्राहरुको मूल्यमा दैनिक १० प्रतिशतसम्म उतारचढाव आउने गरेको छ । लिब्राको मुल्य अमेरिकी डलर वा अन्य कुनै स्थिर सम्पत्तिको मुल्यसँगै निकै कम उतारचढावमा रहने जनाइएको छ । लिब्रा पूर्णतया स्थिर मुल्यको नभए तापनि निकै कम मात्रामा उतारचढाव हुनेछ ।
- फेसबुकले सुरुवात गरेको भएपनि अलग्गै अस्तित्व र स्वामित्वमा रहने । लिब्रा प्रचलनमा आइसकेपछि फेसबुकले यसमा कुनैपनि हस्तक्षेप गर्नसक्ने छैन ।
- प्रयोग गर्ने सजिलो, सुरक्षित र सजिलै प्राविधिक सहयोग लिन सकिने डिजिटल मुद्राको रुपमा स्थापित गरिने ।
- निकै विश्वासिलो र तटस्थ देशको परिचय भएको स्विजरल्याण्डबाट सञ्चालन हुने ।
- लिब्रालाई सजिलोसँग स्थानीय मुद्रामा साट्न सकिने । वास्तविक मुद्राजस्तै विनिमय र प्रयोग गर्न सकिने ।
- प्रयोगका हिसाबले स्थानीय मुद्राजस्तै भएपनि विश्वव्यापी मुद्राको रुपमा रहने । कुनैपनि राष्ट्रसँग आबद्धता नरहने हुनाले राष्ट्रको सिमाना र स्थानीय मुद्राको प्रभाव नरहने ।
- सबैभन्दा सुरक्षित डिजिटल मुद्रा हुने दाबी ।
लिब्रा कसरी प्राप्त हुन्छ?
लिब्रा कसरी प्राप्त गर्न सकिन्छ ? भन्ने प्रश्नको जवाफमा यसको सञ्चालक संस्थाको जवाफ छः यो मुद्रा प्राप्त गर्नको लागि डिजिटल वालेटको प्रयोग गर्न सकिन्छ । अथवा तपाईँसग भएको स्थानीय मुद्रालाई तोकिएको एक्सचेन्ज रेटमा साटेर लिब्रा प्राप्त गर्न सकिन्छ । डिजिटल मुद्रालाई वैधानिक रुपमा प्रयोग गर्न सकिने देशहरुमा लिब्रा पनि प्रयोग गर्न सकिन्छ ।
लिब्रा रिजर्भ नामक कोषको स्थापना गरी यसको मुल्यलाई सुरक्षण गरिने फेसबुकले जनाएको छ । यस्तो कोषले वास्तविक मुद्रालाई जसरी नै प्रत्येक लिब्राको मुल्य सुरक्षण गर्दछ । लिब्राको प्रत्येक एकाईको वास्तविक मुल्य बराबरको सुरक्षण हुने संस्थाको भनाई छ । अन्य डिजिटल मुद्राको हकमा यस्तो सुरक्षण कोषको व्यवस्था छैन ।
क्याटेगोरी : प्रविधी शैली
ताजा अपडेट
- १ तिहारका पाँच दिन यमपञ्चक
- २ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ३ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ४ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ५ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ६ हरितालिका तिज मनाइँदै
- ७ हरितालिका तीज शुरु
- ८ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
प्रतिक्रिया दिनुहोस