• जीवनशैली | Jiwanshaili
  • विकासका मुद्दामा दाताको कारण हामी बहकियाैं


    डा. नवराज खतिवडा

    हामीले जुन समस्यालाई वातावरणीय समस्याका रुपमा बुझेका छौं, ती वास्तवमा वातावरणीय समस्या नै होइनन् । उसोभए ती विषयहरु के हुन् त? ती समस्या हामीले पूर्वाधार बनाउन नजानेर अथवा लापरबाही गरेर अथवा हामीले जे गर्नुपर्ने हो, जस्तो इन्जिनियरिङ गर्नुपर्ने हो, जस्तो प्रविधि प्रयोग गर्नुपर्ने हो त्यो नगरेका कारणले सिर्जित समस्या हुन् । तिनै समस्यालाई हामीले भ्रमपूर्वक, अतरिञ्‍जित तवरले वातावरणका समस्या भन्दै आएका छौं ।

    हामीले हाम्रो वरिपरिका व्यवस्थापनसम्बन्धी समस्यालाई बाहिरी संसारका केही वातावरणीय समस्यासँग जोडेका छौं । हाम्रो अहिलेको समस्या बाढीको, डुबानको, पहिरोको समस्या हो । अकाल मृत्यु र जंगली जनावरको समस्या हामीले भोग्दै आएका समस्या हुन् । र, हाम्रा लागि तथाकथित वातावरणीय समस्या पनि यिनै हुन् ।

    बाढी किन आयो? काठमाडौंमै डुङ्‍गा चलाउनुपर्ने अवस्था किन भयो? बाढी किन आउँछ? पानी परेपछि खोलानालामा बाढी आउनु नौलो कुरा होइन । हाम्रा पूर्वजहरुसँग भल पानी तर्काउनका लाग यत्रो आकारको कुलो,  निकास चाहिन्छ भन्ने ज्ञान थियो । त्यहीअनुसार संरचना बने । घरहरु कम थिए ।

    हाल काठमाडौं र आसपासका नगरपालिकाहरुमा १ करोड हाराहारी मान्छे बस्छन् । १ करोड मान्छे बस्ने शहरमा त्यहीअनुसारको योजना र रणनीति छैन । पहिलेकै संरचनाले चलिरहेको अवस्था छ । डुबान, बाढीलाई विचार गरेर जुन ढंगको संरचना बनाउनुपर्थ्यो त्यो नबनाएको कारणले समस्या आएको हो ।

    हाम्रा यी समस्याहरु व्यवस्थापकीय समस्या हुन् । पूर्णतया व्यवस्थापकीय समस्या । वातावरणीय मुद्दा हुँदै होइनन् ।

    पहिरोको कुरा गरौं । पहिरो किन आउँछ? परापूर्वकालदेख जमिनको स्थायित्व हुन्छ । माटो, ढुङ्गा, बिरुवाले स्थायित्व ग्रहण गरेर बसेको हुन्छ । त्यसलाई चलाइदिएपछि पहिरो आउँछ । अहिले पूर्वदेखि पश्चिमसम्म प्रत्येक स्थानीय तहका हरेक वडामा हामीले बाटो खनेका छौं । कस्तो बाटो खनेका छौं? बाटो खन्नका लागि आउने मेसिन नै पहिलो र अन्तिम गाडी हुने खालको ।

    जनप्रतिनिधिले जनताको रहर पूरा गरिदिने चलन छ । रहर पूरा गरिदिएपछि भोट पक्का भयो । जनतालाई पनि आफ्नो सपना पूरा भयो भन्ने लाग्यो । प्राविधिकहरु पनि त्यसैमा रमाए । यसरी बाटो बनेपछि सबै खुशी । बिना प्राविधिक,  बिना इन्जिनियरिङ संरचना बनाउने दुष्प्रयास गरेकाले पहिरो आइरहेको छ ।

    जनतालाई पनि आफ्नो सपना पूरा भयो भन्ने लाग्यो । प्राविधिकहरु पनि त्यसैमा रमाए । प्रकृतिको के दोष? वातावरणको के दोष? त्यो हाम्रै गल्ती हो ।

    दुर्घटना, अकाल मृत्युको कुरा गरौं । दुर्घटनामा परेर, डुबेर, बाढीले बगाएर अकाल मृत्यु बढिरहेको छ । जङ्गली जनावरले डस्ने, बाघ, भालु, हात्तीको आक्रमणबाट मर्नेको संख्या बढेको छ । त्यसमा प्रकृतिको के दोष? वातावरणको के दोष? त्यो हाम्रै गल्ती हो । यो किसिमको अकाल मृत्यु व्यवस्थापकीय कमजोरीले निम्त्याएको हो ।

    विकसित देशमा भए एकडेढ घण्टामा पुगिने दुरी हामीकहाँ ७-८ घन्टा लाग्छ । त्यो पनि निश्चित छैन । हामीले हाम्रो पूर्वाधार आफै डिजाईन गर्दैनौं । पूर्वाधार दाताले नै बनाइ दिन्छन् । दाताले नै निर्णय गर्छन् । किनभने हाम्रो नेतृत्वले यहाँको जनताको अकाल मृत्यु, दुर्घटना, असुविधालाई हेरेर काम गर्दैन । नेतृत्वले हाम्रो लागि सोच्दैन । यस्तै कामगराइले समस्याहरु प्रतिदिन प्रतिवर्ष  बढिरहेका छन् ।

    हाम्रो नेतृत्वले विदेशकै स्तरको पूर्वाधार बनाउने सोचेकै छैन । हामीले सोचेकै छैनौं । हाम्रो माटो, धर्ती सुहाउँदो र हाम्रो आवश्यकता अनुरुपको योजना बनाएर पूर्वाधार बनाउने काम हामीले गरेका छैनौं । जति भएको छ त्यो पुर्खाले सोचिदिएका कारणले भएको हो । वास्तवमा हाम्रो जीवनकालमा हामीले, हाम्रो नेतृत्वले, कर्मचारीतन्त्रले, सरकारी संयन्त्रले हाम्रो लागि केही नगरेको अवस्था छ । समस्याको जड यहीँनेर छ ।

    जंगली जनावरको समस्याको कुरा गरौं । मेचीदेखि महाकालीसम्म अहिलेको यौटा मुख्य समस्या बाँदर हो । मलेसयिामा केही समयअघि १५ लाखको संख्यामा बिरालो मारियो । जंगली कालो बिरालोको संख्या अत्यधकि वृद्धि भई त्यसले इकोसिस्टम नै डामाडोल हुने अवस्था आएपछि सरकारले बिरालो मार्ने निर्णय लिएको थियो । हामीकहाँ नीति कस्तो छ भने बरु मान्छेलाई गोली ठोकेर वन्यजन्तु जोगाउने । वन्यजन्तु भनेपछि त्यसलाई केही गर्नैहुन्न भन्ने सोचले काम गरेको छ ।

    देशको नेतृत्वका लागि सबैभन्दा ठूलो योग्यताको रुपमा जेल बसेको कुरालाई लिइन्छ ।जेल बसेकै कारण सर्वज्ञानी हुने परपिाटी छ । अरुले भनेका कुरा सुन्ने, मान्ने, पत्याउने चलन नै छैन ।

    किसान पलायन हुनुको मूल कारण बाँदर हो । तर, यो वातावरणीय समस्या होइन । गलत नीतिको कारणले यस्तो भएको हो । वातावरण संरक्षणको पैरवी गर्नेहरुले जंगल मासेकाले बाँदर आएको भन्छन्, त्यो पनि होइन । विगत २०-२५ वर्षमा जंगल अथाह बढ्यो । हामीले ५०५ भन्दा बढी संरक्षण क्षेत्र बनायौं । सिंगापुर शहरै शहरको राष्ट्र छ । साउदी अरब बिना जंगलको राष्ट्र चलेकै छ । तर, हामीले जतापनि जंगल चाहन्छि भन्यौं ।

    हामीले ५०५ भन्दा बढी संरक्षण क्षेत्र बनायौं । सिंगापुर शहरै शहरको राष्ट्र छ । साउदी अरब बिना जंगलको राष्ट्र चलेकै छ । तर, हामीले जतापनि जंगल चाहन्छि भन्यौं ।

    पहिले मानिसहरु गाउँमै थिए । जंगली जनावरसँग लडेर खेती किसानी गर्थे । मान्छे धेरै, बाँदर कम थिए । अहिले मान्छे बसाइँ सरे । मान्छे घटे, जंगल बढ्यो । बाँदर र जंगली जनावर मान्छेभन्दा धेरै हुने अवस्था भयो । तत्काल सम्बोधन गर्नुपर्ने यौटा प्रमुख समस्या हो यो ।

    वन्यजन्तु संरक्षण गर्दा, वन संरक्षण गर्दा, सामुदायकि वनको स्वीकृति दिँदा त्यहाँ जंगली जनावर आउँछ भनेर बुझ्नुपर्छ । त्यो जनावरलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा स्पष्ट नीतगित व्यवस्था हुनुपर्‍यो ।

    भरतपुर महानगरपालकिामा पिचरोडमै गैंडा हिँड्छ । टोलटोलमा घुम्छ । तर, गैंडा त्यसरी छोड्ने निकुञ्जलाई हामीले कारबाही गर्न सक्दैनौं । गैंडा हिँड्छ त । तिमी आफु जोगिनु । भनेर आरक्षले शानसँग भनिदिन्छ । अमेरिकामा बाघले, गैंडाले मान्छे मारोस् त के हुन्छ? मान्छेभन्दा गैंडा महत्वपूर्ण हो? मान्छे र गैंडाको लडाइँ पर्‍यो भने हाम्रो वनपालेले मान्छेलाई गोली ठोकेर गैंडा जोगाउँछ । यहाँ मान्छेलाई भन्दा बढी महत्व जंगली जनावरलाई दिइएको छ । व्यवस्थापन यस्तै हुन्छ? हाम्रो नीति कानुन र परिपाटीको हालत यस्तो छ ।

    हामीलाई कति र कस्तो संरक्षण क्षेत्र चाहिन्छ? राजधानीमै एयरपोर्टदेखि २-४ किलोमिटरको दुरीमा संरक्षण क्षेत्र चाहिन्छ कि नाइँ? यसमा कसैले बहस नै गर्दैनौं । दाताको कारण हामी बहकयिौं । जंगल बढेको बढ्यै छ । समस्या थपिएको थपियै छन् । तर, काठ इन्डोनेसयिा, मलेसयिामा भन्दा महङ्गो छ । ५० प्रतशितभन्दा बढी जंगल भएको मुलुकमा काठ सस्तो हुनुपर्दैन? हाम्रो नीतिमै खोट छ ।

    समाधान के हो?

    बाँदरको, वन्यजन्तुको होइन, खेतीबाली र किसानको सुरक्षा हुनुपर्‍यो । मान्छेको सुरक्षालाई प्राथमकितामा राख्ने नीति चाहियो । मान्छेका समस्यालाई प्राथमकितामा राख्नेबित्तिकै अधकिांश समस्याको समाधान भेटिन्छ । वन्यजन्तु मार्नेबाहेक अरु विकल्प पनि छन् । उदाहरणको लागि बाँदरलाई वनजंगल नभएका मुलुकमा निकासा गर्न सकिन्छ ।

    किसान सुरक्षा हुनुपर्‍यो । खेतीको सुरक्षा हुनुपर्‍यो । कानुन हाम्रो आवश्यकता अनुरुप बदलनिुपर्छ । भालु बस्ने कहाँ? चितुवा बस्ने कहाँरु? गैंडा बस्ने कहाँ? गैंडा शहरमा आउन पाउने कि नपाउनेरु आरक्षले त्यसको जिम्मेवारी लिने कि नलिने? यी प्रश्नको उत्तरमा समाधान भेटिन्छ ।

    दुर्घटना र अकाल मृत्युको समस्याबाट पार पाउन यात्रा सुरक्षित नहुने, यात्रु सुरक्षित नहुने ठाउँमा यातायातको अनुमति दिनुभएन । बाटो सुरक्षित छैन भने यातायात साधन चलाउने दुष्प्रयास गर्नुभएन । कारणहरु अध्ययन गरेर, बहस, छलफल गरेर सुरक्षाको उपाय खोज्नुपर्‍यो । सरकारमा बस्ने मान्छेहरुले नै विज्ञहरुलाई यी विदेशीको डलर खाने मान्छे हुन् भनरिहेको अवस्था छ । सबैलाई एउटै डालोमा हाल्ने,  डिग्रीधारीको कामै छैन भन्ने सोचबाट मुक्त हुनुपर्‍यो ।

    हामी हाम्रा समस्या, मुद्दाहरुका पछाडि लागेकै छैनौं । हामी कि विदेश जाने सपना देख्छौं कि मठाधीश भएर यहाँ बस्छौं ।

    बाढी आयो । तर, कसैले पनि त्यसको अध्ययन गरेन । राहतका लागि प्रतस्पिर्धा छ । अर्को साल फेरि बाढी आउँछ । फेरि राहत वितरण हुन्छ । कुरा त्यहीँ पुग्छ । हामी हाम्रा समस्या, मुद्दाहरुका पछाडि लागेकै छैनौं । हामी कि विदेश जाने सपना देख्छौं कि मठाधीश भएर यहाँ बस्छौं । एक हिसाबले भन्दा भोलिको नेतृत्वको लागि यो काम गर्ने महत्वपूर्ण अवसर पनि हो । अभियन्ताहरुको लागि पनि सुवर्ण अवसर हो ।

    विश्वव्यापी वातावरणीय समस्यामा हाम्रो स्थान कहाँ ?

    विश्वव्यापी रुपमा बहस भइरहेका वातावरणका मुद्दाहरु सिमित छन् । जलवायु परिवर्तन, अम्लीय वर्षा, तापमान वृद्धि आदि । अम्लीय वर्षा हुने मूल कारण कोइला खानी हो । तर, जलवायु परिवर्तनमा ठ्याक्कै यस्तो कारण फेला पार्न गाह्रो छ । यसलाई संसारभर जबरजस्त मुद्दा बनाइएको हो ।

    हाम्रा लागि यी मुद्दाहरु प्राथमकि मुद्दा होइनन् । मानौं, हामीकहाँ दुर्घटना, अकाल मृत्यु हुनेको संख्या १ सयजना छ । जलवायु परिवर्तनको कारणले मृत्यु हुनेको संख्या २ जनामात्रै छ भने हाम्रो प्राथमकिता केहो? स्पष्ट छ । बाँदरले बाली सखाप पारेर बसाइँ सर्नुपर्ने अवस्था छ ।यस्तोमा हामीले जलवायु परिवर्तनको बहस गर्ने कि दैनिक जीवनमा जोडिएका मुद्दाको? विश्वव्यापी मुद्दाहरुबाट फाईदा लिने हदसम्म हो भने तिनमा बहस गर्न सकिन्छ ।

    हामीले के गर्ने?

    हामीले वातावरणका मुद्दाभन्दा पनि वातावरणसँग जोडिएका व्यवस्थापकीय मुद्दामा ध्यान दिनु जरुरी छ । मुद्दाहरुलाई, समस्याहरुलाई व्यवस्थापनको ढंगबाट हेर्नुपर्ने आवश्यकता छ । सोही अनुरुप नीति, नियम, कानुन बनाएर व्यावहारिक ढंगले समस्याको क्रमशः समाधान गर्नुपर्‍यो । वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय मुद्दाको पछि दौडिनुपर्ने आवश्यकता छैन । काठमाडौंमा बाढी किन आयो? यसलाई कसरी रोक्ने? भन्ने विषय वातावरणको समस्या होइन । पहिरो किन गयो? यो विषय बाटो बनाउने तरिकासँग सम्बन्धित छ । वन्यजन्तु बढे, तिनले दुःख दिए । यो पनि वातावरणको विषय होइन । हामीले पूर्वाधार बनाउँदा गुणस्तरीय र सुरक्षित बनाउनुपर्‍यो । वन्यजन्तुको संरक्षण कसरी गर्ने भन्नेबारेमा स्पष्ट हुनुपर्‍यो ।

    व्यावहारिक ढंगले समस्याको क्रमशः समाधान गर्नुपर्‍यो । वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय मुद्दाको पछि दौडिनुपर्ने आवश्यकता छैन ।

    सरकारी, गैरसरकारी संघ-संस्था, अभियन्ता सबैले वातावरणसँग जोडिएका मुद्दाहरुको व्यवस्थापकीय ढंगले समाधान खोज्ने हिसाबले काम गर्नु आवश्यक छ ।

    (वातावरण इन्जिनियरिङमा पीएचडी गर्नुभएका डा. नवराज खतिवडा नेपाल विकास अनुसन्धान केन्द्रमा आबद्ध हुनुहुन्छ । वातावरण र व्यवस्थापनको मुद्दालाई नजिकबाट अध्ययन गरिरहेका, खतिवडासँग टीएन रेग्मीले गरेको कुराकानीको सम्पादित अंश)


    क्याटेगोरी : खोज/विशेष

    प्रतिक्रिया दिनुहोस


    थप समाचार