ज्यानमारा निमोनियाका लक्षण र यसबाट बच्ने उपाय

निमोनिया यस्तो रोग हो, जुन बच्चामा धेरै देखिने गर्छ। निमोनिया फोक्सोको संक्रमण हुने रोग हो। यो रुघाखोकी बिग्रिए लाग्ने गर्छ। प्राय बच्चामा मात्र देखिने रोग भनेर भनिएतापनि यसले वृद्धावस्थाकालाई पनि दुःख दिई रहेको हुन्छ।
निमोनियालाई केमिकल निमोनिया भनिन्छ जसलाई विष, मट्टितेल जस्ता पदार्थहरुले गराउन सक्छ। तर मुख्य निमोनिया गराउने कारण भनेको किटाणु नै हुन्।
चिकित्सकका अनुसार निमोनिया धेरै प्रकारको हुन्छ। भर्खरै जन्मेको बच्चाको ६० भन्दा बढी पटक सास फेर्छन् भने निमोनिया भएको मानिन्छ। त्यस्तै, २ महिनासम्मको बच्चामा ५० स्वासदर छ र दुई महिना भन्दा माथिको बच्चाको ४० भन्दा बढी स्वासदर भयो भने निमोनिमया भएको हो। त्यसैले यसले फोक्सोको एक भागमा पनि संक्रमण गर्न सक्छ भने धेरै ठाउँमा फैलिन पनि समय लाग्दैन्। केमिकल निमोनिया पनि हुन्छ। नेपालमा सरदर एउटा बच्चालाई वर्षमा ४–५ पटक निमोनिया भएको मानिन्छ।
चिकित्सकहरु भन्छन् यदि निमोनियाको समयमै उपचार गर्न सकिएन भने यसले बिरामीको ज्यान नै जाने खतरा हुन सक्छ।
निमोनियाका लक्षण
खोकी लाग्ने,
छिटो–छिटो स्वास फेर्ने,
कोखामा हान्ने (स्वास फेर्दा छाती र करङको भाग धस्सिने)
स्वास फेर्न गाह्रो हुने,
खोकी लाग्ने,
बच्चामा दुध चुस्न नसक्ने आदि।
निमोनियाबाट जोगिने उपाय?
बच्चालाई जन्मेदेखि ६ महिनासम्म आमाको दुध मात्र खुवाउने गर्नुपर्छ। ६ महिनापछि अरु खानेकुरा जस्तै दुई वर्षसम्म स्तनपान गराउनुपर्छ। जसले गर्दा बच्चाको पोषण राम्रो हुन्छ। त्यो बाहेक स्तनपानले रोगसँग लड्ने क्षमता पनि बढाउन मद्दत गर्दछ। आमाको दुधमा पोषक तत्वबाहेक रोगसँग लड्ने क्षमता हुने चिकित्सकहरु बताउँछन्।
निमोनियबाट आफ्नो सन्तानलाई जोगाउन सफासँग हात धुन चिकित्सक सल्लाह दिन्छन्। हात नधोएरै बच्चालाई समात्ने, अंकमाल गर्नेगर्न नुहुने चिकित्सकहरुको भनाई छ।
सरकारले दिन भनिएका सबै खोपहरु पनि दिन चिकित्सकहरुको आग्रह छ। खोपहरु पनि निमोनियाबाट जोगाउने गर्छ। यसबाहेक खानपानमा ध्यान दिने, बाहिरको खाना खान नदिने र निमोनियाको कुनै पनि संकेत देखिना साथ जति सक्दो चाँडो नजिकैको अस्पताल वा स्वास्थ्य संस्थामा पुगेर जचाइहाल्न चिकित्सकहरुको सल्लाह छ।
क्याटेगोरी : खोज/विशेष
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस