चिसोले शरीरमा यस्ता परिवर्तन गर्छ, जाडोमा याद राख्नु पर्ने ७ तथ्य

मौसम परिवर्तनसँगै मानिसको शरीरमा पनि विभिन्न परिवर्तनहरु देखा पर्छन् । आजभोलि चिसो मौसम छ । दिन प्रतिदिन चिसो बढिरहेको छ । मौसम परिवर्तनसँगै हाम्रो शरीरमा विभिन्न प्राकृतिक परिवर्तन आउँछन् । जाडोमा गर्मीमा जस्तो पसिना आउँदैन ।
यो सामग्रीमा हामीले चिसो मौसम(हिउँद)मा शरीरमा देखा पर्ने परिवर्तनका बारेमा चर्चा गर्दैछौं।
१. गर्मीमा जस्तो गरिने दैनिक व्यायामले चिसो मौसममा हानी पनि गर्न सक्छ । चिसोमा शरीर तात्न अधिक उर्जा खर्च हुन्छ । यस्तोमा हामीले व्यायाम गर्दा अधिक मात्रामा क्यालोरी नष्ट हुन्छ । त्यसले शरीर कमजोर बनाउँछ ।
२. गर्मीको तुलनामा चिसोमा सोच्ने शक्ति बढी हुन्छ । चिसोले दिमागलाई पनि शान्त बनाउने वैज्ञानिकहरुको दाबी छ ।
३. गर्मीको तुलनामा चिसोमा मानिसहरु बढी सक्रिय भएका काम गर्न सक्छ । गर्मीमा शरीरमा भएको ग्लूकोज धेरै खर्च हुन्छ । जसले शरीरमा सिथिलता ल्याउँछ । तर चिसो मौसममा त्यति धेरै ग्लुकोज खर्च हुँदैन । यस कारण मानिस गर्मीको तुलनामा चिसो मौसममा बढी सक्रिय वा खटेर काम गर्न सकिन्छ ।
४. जाडोमा यौन संवेदना भने कम हुन्छ । एक अध्ययनअनुसार चिसोमा महिला र पुरुष दुबैमा यौन उत्तेजना घट्छ ।
५. चिसोमा पानी कम पिउने हुँदा शरीरमा डिहाइड्रेट (पानीको अभाव) हुने समस्या देखिन सक्छ । जाडोमा सुख्खा हावाले पनि यस्तो समस्या ल्याउँछ ।
६. जाडोमा चिसो हावाका कारण दुखाइको समस्या कम हुनसक्छ । जस्तो अरु बेलामा हुने हाड, जोर्नीको दुखाई । चोटपटक लाग्दा पनि गर्मीको तुलनामा कम दुखाइ हुन्छ । चिसो हावाले प्राकृतिक बर्फको रूपमा काम गर्दछ ।
७. जाडोमा विभिन्न रोगको संक्रमण हुने सम्भावना पनि कम हुन्छ । अर्थात रोग लाग्ने जोखिम केही कम हुन्छ । हिउँदमा लामखुट्टे पनि शान्त हुन्छ । जसका कारण जाइका, वेस्ट नाइल भाइरस, डेंगु ज्वरो र मलेरियालगायत लामखुट्टेलबाट सर्ने रोगको जोखिम कम हुन सक्छ।
कुनै पनि रोगको जोखिम नै नहुने भने होइन । स्वास्थ्यको ख्याल गरिरहनु पर्दछ । तर चिसोमा मौसमी फ्लू, खोकी, छाला फुस्रो हुने, टाउको दुख्ने लगायतका समस्य देखिन सक्छन् ।
(एजेन्सीको सहयोगमा)
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस