प्राणघातक कोरोना भाइरसबाट मर्नेकाे संख्या १७० पुग्याे, संक्रमितको संख्या पनि ह्वात्तै बढ्यो

प्राणघातक कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या चीनमा १७० पुगेको छ । हिजो सम्म १३२ जनाको मृत्यु भएकोमा थप ३८ जनाको ज्यान गए पछि प्राणघातक नोवल कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १७० पुगेको हो । चीनमा ७७११ मा संक्रमण भएको पुष्टि गरेको छ । यसै गरी १२४ जना संक्रमित ठिक भएर घर फर्केको बताइएको छ । यो संगै कोरोना भाइरसको संक्रमण १६ देशमा फैलिएको छ ।
चीनबाट सुरु भएको नोवल कोेरोना भाइरसको संक्रमण श्रीलंकामा १ जनामा पाईएको छ र भारतमा २ जनामा देखिएको मध्ये भाइरसबाट एक जनाको ज्यान गएको छ । कम्बोडियामा पनि एक जनामा संक्रमण पाईएको छ । चीनमा महामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरसबाट नेपालमा २ जनामा संक्रमण भएको पुष्टि गरिएको छ । यसै गरी थाईल्याण्डमा १४ जनामा भाइरसको संक्रमण भेटिएको छ । कोरोना भाइरसबाट अमेरिकामा ५ जना, जापानमा ५ जना, दक्षिण कोरियामा ४ जना, मलेसियामा ४ जना, फ्रान्समा ३ जना र अष्ट्रेलियामा ५ जना, क्यानडामा १ जना र सिंगापुरमा ७ जना ब्यक्तिमा संक्रमण भएको भेटिएको हो ।यसै गरी भियतनाममा २ जनामा संक्रमण भेटिएको हो । यसै गरी जर्मनीमा पनि एक जनामा संक्रमण पाईएको बताइएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस