प्राणघातक कोरोना भाइरसबाट मर्नेकाे संख्या १७० पुग्याे, संक्रमितको संख्या पनि ह्वात्तै बढ्यो
प्राणघातक कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या चीनमा १७० पुगेको छ । हिजो सम्म १३२ जनाको मृत्यु भएकोमा थप ३८ जनाको ज्यान गए पछि प्राणघातक नोवल कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १७० पुगेको हो । चीनमा ७७११ मा संक्रमण भएको पुष्टि गरेको छ । यसै गरी १२४ जना संक्रमित ठिक भएर घर फर्केको बताइएको छ । यो संगै कोरोना भाइरसको संक्रमण १६ देशमा फैलिएको छ ।
चीनबाट सुरु भएको नोवल कोेरोना भाइरसको संक्रमण श्रीलंकामा १ जनामा पाईएको छ र भारतमा २ जनामा देखिएको मध्ये भाइरसबाट एक जनाको ज्यान गएको छ । कम्बोडियामा पनि एक जनामा संक्रमण पाईएको छ । चीनमा महामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरसबाट नेपालमा २ जनामा संक्रमण भएको पुष्टि गरिएको छ । यसै गरी थाईल्याण्डमा १४ जनामा भाइरसको संक्रमण भेटिएको छ । कोरोना भाइरसबाट अमेरिकामा ५ जना, जापानमा ५ जना, दक्षिण कोरियामा ४ जना, मलेसियामा ४ जना, फ्रान्समा ३ जना र अष्ट्रेलियामा ५ जना, क्यानडामा १ जना र सिंगापुरमा ७ जना ब्यक्तिमा संक्रमण भएको भेटिएको हो ।यसै गरी भियतनाममा २ जनामा संक्रमण भेटिएको हो । यसै गरी जर्मनीमा पनि एक जनामा संक्रमण पाईएको बताइएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस