कोरोनाभाइरसको लक्षण नदेखिएमा मात्र चीनबाट नेपालमा ल्याइने

कोरोना भाइरसको प्रकोप फैलिएको चीनको बुहानमा रहेका १८० जना नेपालीलाई सरकारले नेपाल ल्याउने भएको छ । फागुन ३ गते उनीहरूलाई नेपाल ल्याउने तयारी गरिएको हो । नेपाल ल्याउन लागिएकामध्ये अधिकांश विद्यार्थी छन् ।
मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले सरकारले चीनमा रहेका नेपालीलाई फागुन ३ गते ल्याउने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनमा रहेका नेपालीलाई फागुन ३ गते नेपाल ल्याउने जानकारी दिए। मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालले चीनबाट नेपाल ल्याइने नेपालीलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने जानकारी दिए । उनले १४ दिनसम्म क्वारेन्टाइनमा राख्दा कोरोना भाइरसको लक्षण नदेखिएमा मात्र घर जान दिने बताए ।
चीनबाट लक्षण नदेखिएका नेपालीलाई मात्र नेपाल ल्याइन्छ । लक्षण देखिएका व्यक्तिलाई चीनमै आइसोलेसनमा राखेर उपचारको व्यवस्था गरिएको छ । लक्षण नदेखिएका व्यक्तिलाई नेपाल ल्याइने हुनाले छुट्टै क्वारेन्टाइनको व्यवस्था गरी दुई सातासम्म उनीहरूलाई निगरानीमा राख्नुपर्ने हुन्छ । नेपालको विमानस्थलमा अवतरण गरिसकेपछि पनि उनीहरूको स्वास्थ्य परीक्षण गरिन्छ । त्यो अवस्थामा लक्षण देखिएमा उनीहरूलाई सीधै आइसोलेसन भएका अस्पतालहरूमा लैजाने व्यवस्था गरिएको छ । चीनबाट ल्याइने विद्यार्थी र अन्य व्यक्तिहरूसंँगको सम्पर्क पूर्ण रूपमा बन्द गरिन्छ ।
चीनबाट ल्याइने विद्यार्थीलाई विमानस्थलदेखि क्वारेन्टाइनसम्म लैजान यातायात साधनको व्यवस्था मिलाइसकिएको छ । एम्बुलेन्स चालकलाई उद्धारका क्रममा अपनाउनुपर्ने सचेतताका विषयमा प्रशिक्षणको काम सम्पन्न भइसकेको छ । यीबाहेक चिकित्सक, नर्सलाई समेत तालिमको व्यवस्था गरिएको छ । गोरखापत्रमा छापेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस