चीनबाट १ सय ७५ जना नेपाली लिएर उडेकाे जहाज काठमाडौं आइपुग्याे
चीनबाट १ सय ७५ जना नेपाली लिएर काठमाडौंको लागि प्रस्थान गरेको जहाज काठमाडौं आइपुगेको छ।वुहानबाट काठमाडौंको लागि उडेको नेपाल एयरलाइन्सको वाइडबडी जहाज आइतबार बिहान ३ बजेर २२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
६ जना भने स्वास्थ्य समस्याका कारण नेपाल आउन पाएनन्। उनीहरुलाई वुहान एयरपोर्टमै रोकिएको चीनस्थित नेपाली दूतावासले जनाएको छ। ती ६ जनामा कस्तो स्वास्थ्य समस्या देखिएको भन्ने विज्ञप्तिमा खुलाइएको छैन।
शनिबार बिहान वुहानमा रहेका विद्यार्थीसँग कुरा गर्दा शरीरको तापक्रम ३७।३ डिग्री सेल्सियस भन्दा माथि देखाए चीन सरकारले नेपाल जान नदिने बताएका थिए। त्यसैले धेरै विद्यार्थी शरीरको तापक्रम बढ्ला कि भनेर डराएका थिए।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस