थप तीन देशमा कोराना भाइरसको सङ्क्रमण

चीनबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण ३६ देशमा फैलिएको छ । आज सोमबार अफगानिस्तान र बहराइनमा एक एक जना र कुवेतमा तीन जनामा सङ्क्रमण भएको पाइएको हो । इरानबाट आएका एक बहराइनी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिएको बहराइनको स्वास्थ्य मन्त्रालयले बताएको छ। । यस्तै कुवेतमा ५३ वर्षीय एक कुवेती र ६१ वर्षीय साउदी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण सकारात्मक देखिएको अल अरेबियाले बताएको छ । अर्का एक व्यक्तिको पहिचान भई नसकेको बतार्ईएको छ । यस्तै अफगानिस्तानमा पनि एक व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो अफगानिस्तानको स्वास्थ्य मन्त्रालयलाई उद्धत गर्दै रोइटरसले उल्लेख गरेको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस