• जीवनशैली | Jiwanshaili
  • कोरोनाबाट २८ सयले गुमाए ज्यान, २४ घण्टामा कहाँ के के भए?


    चीनमा काेराेना भाइरसले बुधबार थप २९ जनाकाे ज्यान लिएकाे छ ।हिजाे बुधबार ४ सय ३५ जना काेराेना भाइरसका नयाँ विरामी भेटिएकाे छ । याे संगै काेराेनाका चीनमा सबै भन्दा बढि ७८ हजार ४ सय ९९ जना ब्यक्तिलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।चीनमा मात्रै २ हजार ७ सय ४४ काे मृत्यु भएकाे छ भने काेराेना भाइरसबाट ज्यान गुमाउनेका संख्या २८ सय पुगेकाे छ ।

    जापानमा थप दुईको ज्यान गयाे

    कोरोना भाइरसले बुधबार जापान थप दुईको ज्यान लिएको छ । यस अघि जापानमा एक र जापानको सामुन्द्रिक जहाज डायमण्ड प्रिन्समा चार जना गरी पाँच जनाको ज्यान गएको थियो । यो संगै जापानमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या सात पुगेको छ । जापानमा कोरोना संक्रमितको संख्या ८ सय ७७ पुगेको छ । हिजो जापानमा थप ११ र डायमण्ड प्रिन्समा थप १४ जनामा कोरोनाको संक्रमण सकारात्मक पाईएको हो ।
    पाकिस्तानमा पनि कोरोना
    कोरोना भाइरसको संक्रमण पाकिस्तान पनि पुगेको छ । बिहिबार विहान पाकिस्तानमा पनि दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको पाकिस्तानले बताएको छ । यो पाकिस्तानमा पाईएको पहिलो केश रहेको बताईएको छ ।
    नर्वेमा पनि पुग्यो
    विश्वव्यापी बन्दै गएको कोरोना भाइरसको संक्रमण नर्वे सम्म पुगेको छ । नर्वेको स्थानीय अधिकारीका अनुसार बुधबार एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको खुलासा गरेको हो । पछिल्लो हप्ता चीनबाट फर्केका एक ब्यक्तिमा कोरोना भाइरसको संक्रमण पाईएको हो । सुरुमा विरामी नदेखिए पनि एक हप्ता पछि भाइरसको संक्रमण देखिएको बताईएको छ ।

    इटली र कोरीयामा ज्यान जानेको संख्या १२ पुग्यो
    कोभिड-१९ का कारण युरोपेलि राष्ट्र इटलीमा ज्यान जानेको संख्या १२ पुगेको छ । बुधबार थप १ जनाको ज्यान गए पछि ईटलीमा कोरोना भाइरसको कारण मृत्यु हुनेको सख्या १२ पुगेको हो । बुधबार सम्म ईटलीको ४७० जनामा कोरोना भाइरसको संक्रमण पाईएको हो । हिजो बुधबार मात्रै ईटलीमा थप १४७ जना विरामीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । यस्तै एसियाली मुलुक कोरियामा पनि कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । हिजो थप २८४ जनामा भाइरस सकारात्मक देखिएको हो। यो संगै दक्षिण कोरियामा कोरोना भाइरसको विरामाी १ हजार १ सय ६१ पुगेको छ ।

    दक्षिण अमेरिकामा पनि पुग्यो

    कोरोना भाइरस एसिया युरोप लगाएत पाँच महाद्धिप हुँदै दक्षिण अमेरिकामा समेत पुगेको छ । बुधबार ब्राजिलमा समेत कोरोना भाइरसको संक्रमण भेटिएको हो ।

    इरानमा थप तीन जनाकाे मृत्यु

    इरानमा बुधबार थप तीन जनाकाे मृत्यु भएकाे छ । १३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको इरानमा बुधबार थप १९ जनामा संक्रमण पाइएकाे हाे ।

    युरोपका १२ राष्ट्रमा १३ जनाको मृत्यु
    कोरोना भाइरसबाट युरोपमा १३ जनाको मृत्यु भएको छ । जस मध्ये इटली ११ जनाको ज्यान गइसकेको छ भने फ्रान्समा २ जनाको मृत्यु भएको छ । युरोपको सबै भन्दा बढी संक्रमण इटालीमा पाइएको छ । ३ सय ५७ जना संक्रमित भएको छ । यसै गरी जर्मनीमा १८ जना , फ्रान्समा १७ जनामा संक्रमण देखिएको छ । यु के मा १३, स्पेनमा १०, अस्ट्रीया, रसिया, क्रोएसियामा २-२ जनामा संक्रमण देखिएको हो । यस्तै स्विजरल्याण्ड, फिनल्याण्ड, स्विडेन र वेल्जीयममा १-१ जनामा कोरोना भाइरसको संक्रमण पाईएको छ ।

    ४८ देशमा कोराना
    नोवल कोरोना भाइरसको संक्रमण ४८ देशमा पुगेको छ ।बुधबार जर्जिया, उत्तर म्यासेडोनिया,ग्रिस, रोमानियामा पनि कोरोना भाइरसको संक्रमण भएको पाइएको हो ।

    याे पनि हर्नुहाेस्

    मानव वस्ती भएका ६ वटै महादेशमा पुग्याे काेराेनाकाे संक्रमण


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस