अनुशन्धानकर्ता भन्छन्, काठमाडौँ कोरोनाको उच्च जोखिममा,हामी कति तयार ?
नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको बताइएको छ । अक्सफोर्ड विश्वविद्यालय, टोरोन्टो विश्वविद्यालय, र लन्डन स्कुल अफ मेडिसिन र ट्रपिकल हाइजीनका अनुसन्धानकर्ताहरूले काठमाडौँ कोरोना भाइरसको प्रकोपको जोखिम उच्च रहेको तथ्य सार्वजनिक गरेको हो । उनीहरूले हालै प्रकाशित गरेको अध्ययन प्रतिवेदनमा नेपालको बागमति प्रदेशमा रहेको काठमाडौँ ११ औँ उच्च जोखिम सहर रहेको तथ्य प्रस्तुत गरेका हुन् ।
उनीहरूका अनुसार थाइल्यान्डको बैंकक सबैभन्दा उच्च जोखिम सहरको पहिलो नम्बरमा राखेका छन् भने सिंगापुर, दक्षिण कोरियाको सिओल क्रमशः दोस्रो र तेस्रो उच्च जोखिम रहेको बताएका छन् । अनुसन्धान कर्ताहरूले विश्वको उच्च जोखिममा रहेका १५ सहर हरूको सुची प्रकाशित गरेका छन् । जसको चौथो नम्बरमा जापानको टोकियो, पाँचौँमा मलेसियाको क्वालालम्पुर, छौठौँमा कम्बोडियाको नोम फे सहर रहेको उल्लेख गरेका छन् ।
यस्तै ताइवान, भियतनाम, फिलिपिन्स क्रमश सातौँ, आठौँ र नवौँ जोखिम रहेको उल्लेख गरेका छन् । नेपालको बागमति प्रदेशको काठमाडौँ लाई एघारौँ उच्च जोखिम क्षेत्रको रूपमा उल्लेख गर्नु अघि इन्डोनेसियाको वालि दशौँ उच्च जोखिम क्षेत्र रहेको बताएका छन् । यस्तै इरान इटली,तेहराइन र ईन्डोनेशियाकै अर्को सहर मनाडो १५ उच्च जोखिम युक्त सहरको सुचिमा समावेश भएका छन् ।
नोट गर्नुहोस् कि जापान, दक्षिण कोरिया, इरान का सहरहरू सूचीमा शीर्ष स्थानहरू मध्येका एक थिए अहिले हेर्दैछौं, चीन बाहिरका सबैभन्दा ठुला प्रकोप यी देशहरूमा बाहिर भइरहेको छ।
इरान र इटाली पनि सूचीमा छन्, र गत हप्तामा यी देशहरूमा पनि ठुलो प्रकोप देखा परेको छ।

source :vox.com
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस