• जीवनशैली | Jiwanshaili
  • अमेरिकामा पनि कोरोना भाइरसले लियो ज्यान


    विश्वव्यापी प्रकोपको महामारीको रूप लिएको नोवल कोरोना भाइरसका कारण अमेरिकामा एक जनाको मृत्यु भएको छ । अमेरिका का वासिङ्टन राज्यका एक व्यक्तिको कोरोना भाइरसका कारण ज्यान गएको हो । यो सँगै अमेरिकामा पनि कोरोना भाइरस बाट ज्यान गएको घटना सार्वजनिक भएको हो ।

    शनिवार थप पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको बताइएको छ । यो सँगै अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या ६८ पुगेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरिया,इटली र इरानमा भ्रमण नगर्न आफ्ना नागरिकलाई चेतावनी दिएका छन् । महामारीको प्रकोप फैलिरहेको समयमा हुन सक्ने थप जोखिमलाई ध्यान दिँदै यस्तो निर्णय गरेका बताइएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस