आइतबार एकै दिन इरानमा ४९ जनाको मृत्यु
फागुन २५, २०७६।आइतबार ।
विश्वव्यापी चिन्ता र चासोको रूपमा हेरिएको तथा प्रकोपको रूपमा फैलिएको नोवल कोरोना भाइरसबाट आज आइतबार एकै दिन इरानमा ४९ जनाको ज्यान गएको छ । यस अघि शनिवार सम्म कोरोना भाइरसबाट इरानमा १ सय ४५ जनाको ज्यान गएकोमा आइतबार यो सङ्ख्या बढेर १ सय ९४ पुगेको हो ।
आइतबार थप ७ सय ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । यो सँगै इरानमा कोरोना भाइरसको सङ्क्रमित हुनेको सङ्ख्या ६ हजार ५ सय ६६ पुगेको छ । इरानमा पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमित र ज्यान गुमाउने को सङ्ख्या चीनको भन्दा बढी रहेको छ । हाल सम्म कोरोना भाइरसबाट विश्वको १ सय ४ देश र एक पानी जहाजमा एक लाख ७ हजार ८ सय जना सङ्क्रमण भएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस