एकै दिन थप १३ देशमा कोरोना सङ्क्रमण, २३ देशका ४५५ को मृत्यु (सुचि)
चैत १,२०७६।
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको नोवल कोरोना भाइरस एकै दिन विश्वका थप १३ देशमा फैलिएको छ । हिजो शुक्रवार मात्रै विश्वका थप १३ देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको हाे । यसै गरी शुक्रवार २३ देशका ४ सय ५५ कोरोना भाइरस सङ्क्रमितको ज्यान गएको छ ।
शुक्रवार सम्म उरुग्वेमा चार जनामा कारोना भाइरसको सङ्क्रमण देखिएको छ भने केन्यामा पनि एक जनामा भाइरसको सङ्क्रमण देखिएको छ । यसै गरी सेन्ट ल्युका, सुरेनाम, क्वारकाओ, औरिवा र एन्टीगुवा बारबुढामा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यसै गरी शुक्रवारै गुयनामा एक जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको थियो भने सुडानमा पनि एक जनाको सङ्क्रमण पछि ज्यान गएको थियो ।
यस्तै इथियोपिया, गौडेलोपा, क्यामन आइसल्यान्ड र इथियोपिया एक एक जना र काजकिस्तानमा चार जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ ।
यसै गरी शुक्रवार इटालीमा कोरोना भाइरसले २ सय ५० जनाको ज्यान लिएको छ भने २ हजार ५ सय ४७ जनामा सङ्क्रमण देखिएको छ। यो सँगै इटालीमा भाइरस सङ्क्रमितको सङ्ख्या १७ हजार ६ सय ६० पुगेको छ। हालसम्म कोरोना भाइरसका कारण इटालीमा १ हजार २ सय ६६ जनाको ज्यान गइसकेको छ।
यस्तै, इरानमा बिहीबार कोरोना भाइरसका कारण थप ८५ जनाको मृत्यु भएको छ। इरानमा सोही दिन १ हजार २ सय ८९ जना नयाँ कोरोना भाइरसका बिरामी पहिचान गरिएको छ। यो सँगै इरानमा कोरोना भाइरसबाट ११ हजार ३ सय ६४ जना सङ्क्रमित भएका छन्। शुक्रवार सम्म इरानमा कोरोना भाइरसबाट ५ सय १४ जनाको मृत्यु भइसकेको छ।
शुक्रवार फ्रान्समा १८, स्पेनमा ४७ जनाको ज्यान गएको छ। यसै गरी कोरोना भाइरसका कारण अमेरिकामा थप ९ जनाको ज्यान गएको छ भने दक्षिण कोरियामा ६ जनाको ज्यान गएको छ। यस्तै शुक्रवार नै जापान र जर्मनीमा २- २ जना र स्विजरल्यान्डमा ४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ। युकेमा १ जनाको मृत्यु भएको छ।
यस्तै, नेदरल्यान्ड्समा ५, हङकङमा १ जना र इन्डियामा १, इन्डोनेसियामा ३, पोल्यान्डमा १, अर्जेन्टिनामा १, युक्रेनमा १ र सुडानमा १, लक्जेम्बर्गमा १, फिलिपिन्समा १ जना, इक्वेडरमा १ जना जना मृत्यु भएको छ। यसै गरी चीनमा शुक्रवार कोरोना भाइरसका कारण थप १३ जनाको ज्यान गएको छ ।
शुक्रवारै स्पेन र अमेरिकाले सङ्कटकाल घोषणा गरेका छन् भने ब्राजिलका राष्ट्रपति बोल्सेनारो,अष्ट्रेयिलाका गृहमन्त्री र क्यानडाका प्रधानमन्त्रीकी श्रीमती कोरोना सङ्क्रमित भएको पुष्टि भएको थियो ।
क्याटेगोरी : कोरोना अपडेट
प्रतिक्रिया दिनुहोस