कोरोना इरान अपडेटः थप ९७ को ज्यान गयो
कोरोना भाइरसका कारण इरानमा थप ९७ जनाको ज्यान गएको छ । शनीवार १ हजार ३ सय ६५ जनामा थप सङ्क्रमण देखिएको छ । चीनमा कोरोना भाइरसको प्रभाव शून्य भइरहेको बेला इरान र इटलीमा भने यसको सङ्क्रमण बढ्दो छ ।
इरानमा कोरोना भाइरसका कारण हाल सम्म ६ सय ११ जनाको मृत्यु भइसकेको छ भने कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १२ हजार ७ सय २९ पुगेको छ । सङ्क्रमणको हिसाबले इरान विश्वकै तेस्रो बढी सङ्क्रमण भएको देश बनेको छ ।
विश्व व्यापी महामारीको प्रकोपको रूपमा फैलिएको नोवल कोरोना भाइरसबाट हाल सम्म १ सय ४९ देशमा सङ्क्रमण फैलिसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ हरितालिका तिज मनाइँदै
- २ हरितालिका तीज शुरु
- ३ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ४ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ५ आज गाईजात्रा
- ६ किन मृत्यु भएका घरबाट गाई निकालिन्छ
- ७ आज क्वाँटी खाने दिन; यस्ता छन् क्वाँटीका फाईदाहरु
- ८ आज जनै पूर्णिमा पर्व तथा रक्षाबन्धन मनाइँदै
प्रतिक्रिया दिनुहोस