• जीवनशैली | Jiwanshaili
  • एकै दिन इटलीमा ३४९ को मृत्यु, १६२ देशमा संक्रमण, अरू देशमा कति ?


    चैत ४,२०७६ ।

    विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको नोवल कोरोना भाइरसले एकै दिन इटलीमा ३ सय ४९ जनाको ज्यान लिएको छ। हालसम्म चीन बाहिरमात्रै ३ हजार ९ सय ३२ जनाले ज्यान गुमाइसकेका छन्।

    हिजो सोमबारसम्म विश्वका १६२ देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। इटलीमा ३ हजार २ सय ३३ जनामा सङ्क्रमण देखिएको छ। यो सँगै इटलीमा भाइरस सङ्क्रमितको सङ्ख्या २७ हजार ९ सय ८० पुगेको छ। हालसम्म कोरोना भाइरसका कारण इटलीमा २ हजार १ सय ५८ जनाको ज्यान गइसकेको छ।

    यस्तै, इरानमा सोमबार कोरोना भाइरसका कारण थप १ सय २९ जनाको मृत्यु भएको छ। इरानमा सोही दिन १ हजार ५३ जना नयाँ कोरोना भाइरसका बिरामी पहिचान गरिएको छ। यो सँगै इरानमा कोरोना भाइरसबाट १४ हजार ९ सय ९१ जना सङ्क्रमित भएका छन्। हालसम्म इरानमा कोरोना भाइरसबाट ८ सय ५३ जनाको मृत्यु भइसकेको छ।

    सोमबार चीनमा थप १३ जनाको ज्यान गएकोे छ भने स्पेनमा थप ४८ जनाको ज्यान गएको छ। फ्रान्समा २१ जनाको ज्यान गएको छ। यसैगरी कोरोना भाइरसका कारण जर्मनीमा ४ जना र स्विजरल्यान्डमा ५ जनाको मृत्यु भएको छ। युकेमा २० जनाको मृत्यु भएको छ भने अमेरिकामा थप १९ जनाको ज्यान गएको छ।

    यस्तै, नेदरल्यान्ड्समा ४ जना , जापानमा ३ जना, स्विडेनमा ४, डेनमार्कमा र अष्ट्रियामा २/२ जनाको मृत्यु भएको छ। बेल्जिएममा ६, क्यानडामा ३, पोल्यान्डमा १ र इज्प्टिमा २ जनाको ज्यान गएको छ।

    यस्तै, क्यासीम्यान आइल्यान्ड, पाकिस्तान, बहराइन र पोर्चुगलमा १/१ जनाको ज्यान गएको छ। यी देशमा कोरोना भाइरसबाट मृत्युको घटना पहिलो हो। यसैगरि विश्वभर भाइरसबाट ज्यान जानेको संख्या ७ हजार १ सय ५६ पुगेको छ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस