कोरोना फैलाएको भन्दै चिनियाँ राष्ट्रपतिविरुद्ध भारतमा मुद्दा
एजेन्सी ४, चैत- कोरोना फैलाएको भन्दै चिनियाँ राष्ट्रपति सी जिनपिङविरुद्ध भारतको एक अदालतमा मुद्दा परेको छ। भारतका लागि चिनियाँ राजदूतविरुद्ब पनि भारतको बिहारस्थित मुज्जफुर अदालतमा मुद्दा दर्ता गरिएको हो।
चिनियाँ राष्ट्रपति सि जिङपिङ र भारतका लागि चीनका राजदूत सीन वाइडङविरुद्ध मुज्जफुर अदालतमा मुदा दायर भएको हो। अधिवक्ता सुधीर कुमारले उनीहरुले कोभिड-१९ फैलाएको आरोपमा मुद्दा लगाएका हुन्। यसको सुनुवाइ अप्रिल ११ मा न्यायीक अधिकारीको कार्यालयमा हुनेछ।
भारतभर विदेशीसहित १ सय १७ जनामा कोरोना संक्रमित भेटिएका छन्। जसमा दुई जनाको अहिलेसम्म ज्यान गइसकेको छ। गत वर्षको डिसेम्बरमा चीनको वुहान प्रान्तमा पहिलो पटक कोरोना भाइरसको संक्रमित भेटिएका थिए।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस