रायोको साग खानुको फाईदा

एजेन्सी ४, चैत- खानामा रायोको सागको प्रयोग गर्दा निकै फाइदा पुग्ने चिकित्सकहरुले बताएका छन्। रायोको सागमा प्रशस्त मात्रामा भिटामिन–के पाइन्छ। भिटामिन-के ले हड्डीलाई आवश्यक पर्ने खनिज प्रदान गर्दछ। साथै, यसले रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुने क्रम पनि रोक्दर्छ। हड्डी खिइने समस्या भएकाहरूलाई रायोको साग लाभकारी हुन्छ।
यस्तै, रायोको सागबाट भिटामिन के, ए, सी, ई, बी–वान, बी–टु, बी–थ्री प्राप्त गर्न सकिन्छ। रायोको सागमा पाइने भिटामिन–के ले महिनावारीका बेला जीउ दुख्ने समस्याबाट राहत समेत दिन्छ।
रायोको सागबाट हुने फाइदाहरु :
- रायोको सागमा भिटामिन-ए, सी र के प्रचुर मात्रामा पाइन्छ। यी तीनटै तत्वले एन्टी अक्सिडेन्टको काम गर्दछ। रायोको सागमा पाइने म्याग्नेसियम र फोलेटजस्ता तत्वले शरीरमा जम्मा भएका विकारलाई विभिन्न माध्यमबाट शरीरबाहिर निकाल्छ।
- प्रतिदिन तीन पटक रायोको साग खाएर स्मरणशक्तिमा आउने ह्रासको समस्यालाई ४० प्रतिशतसम्म कम गर्न सकिने विभिन्न अनुसन्धानले देखाएको छ।
- रायोको सागमा भिटामिन-ए पाइन्छ। जुन स्वस्थ आँखाका लागि अपरिहार्य हो। यसले रतन्धोलगायत आँखाका सम्पूर्ण समस्याबाट राहत दिलाउन मद्दत गर्दछ।
- मुटु सम्बन्धी हरेक खालका समस्या भएकाले अथवा मुटु सम्बन्धी रोग नलागोस् भन्ने चाहनेले रायोको साग खानु उत्तम हुन्छ।
- रायोको सागमा पाइने भिटामिन-के ले प्रोस्ट्रेट, कोलोन, पेट, नाक र मुखको क्यान्सर लाग्ने जोखिम कम गर्दछ। कलेजोको क्यान्सर भएकाहरूका लागि पनि रायोको साग खानु राम्रो हो। भोजनमा रायोको साग नियमित खाँदा क्यान्सर लाग्ने जोखिम कम हुन्छ।
- रायोको सागमा पाइने तत्वले डन्डीफोरको समस्यालाई पनि समाधान गर्न मद्दत गर्दछ। छालालाई इन्फेक्सनबाट जोगाउने तन्तुलाई यसले बलियो बनाउँछ।
- गर्भवती महिलालाई वाकवाकी आउने, टाउको दुख्ने आदि समस्या देखिन्छन्। शरीरमा भिटामिन के को कमीका कारण यस्तो हुने गर्छ। रायोको सागमा भिटामिन के प्रचुर मात्रामा पाइने भएकाले यो गर्भवती महिलाका लागि उपयुक्त हुन्छ।
- रुघाखोकी लागिरहने मानिसले रायोका साग खानु पर्छ। रायो भिटामिन सी को राम्रो स्रोतको रुपमा रहेको छ। भिटामिन सी ले रुघाखोकी, निमोनिया, फोक्सोको इन्फेक्सन आदिबाट जोगाउँछ।
- पिसाब नलीमा पत्थरी हुने जोखिमलाई पनि रायोको सागले कम गरिदिन्छ। पथरी भइसकेकालाई पनि यसले लाभ गर्छ।
- रायोको सागले बाथका रोगीलाई राहत दिन्छ। यसमा कपर पाइन्छ, जसले बाथको पीडालाई पनि कम गरिदिन्छ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस