दाँतमा किरा लागेर हैरान हुनुन्छ, यसो गर्नुहोस्

चैत ४, २०७६
हामीले खाएका पदार्थहरू जब दाँत र गिजाको बीचमा अड्केर बस्छ। स्टेप्टोकोकस ब्याक्टेरियाले तत्काल एसिड उत्पादन गर्न थाल्छ। सो एसिडले ‘इनामेल’ खिइन्छ र खिएको ठाउँबाट जाने ब्याक्टेरियाले भित्री भागमा संक्रमण गर्दै जान्छ। दाँतमा किरा लागेपछि धेरै दुखाईको महशुस हुन्छ। जसको दुखाई सहन असम्भव हुन्छ। त्यसैले दाँतलाई किराबाट जोगाउन विभिन्न घरेलु उपायहरु अपनाउन सकिन्छ।
दाँतमा लागेको किरा हटाउन घरेलु उपाय :
बेसार र नुन
पिसेको बेसार र नुनलाई तोरीको तेलसँग मिलाउनुहोस्। यस मिश्रणलाई प्रतिदिन २–३ पटक दाँतमा दन्तमन्जनको रुपमा दल्नाले दाँतको किरा मर्दछ।
प्याज खानाले मर्छ दाँतको ब्याक्टेरिया
प्याजको प्रयोग प्रायजसो दाँतको दुखाई ठिक गर्नको लागि गरिन्छ। तर यसको प्रयोग दाँतको किराको समस्या हटाउन पनि गर्न सकिन्छ। किनकी प्याजलाई दाँतको लागि एउटा राम्रो उपाय मानिन्छ। यसको प्रयोगले दाँतको दुखाई कम हुन्छ।
फिटकिरी
फिटकिरीलाई तातो पानीमा घोलेर प्रतिदिन कुल्ला गर्नाले दाँतको किरा र दुर्गन्ध दुबै हट्दछ।
हिंग
यदि दाँत कुनै कारणले दुखिरहेको छ भने हिंगको प्रयोग गर्नाले आराम मिल्दछ। किनकी हिंगमा भएको तत्वले दुखाई उत्पन्न गर्ने किटाणुलाई समाप्त गर्छ र दुखाईबाट आराम दिलाउँछ।
ल्वाङ्ग
ल्वाङ्गलाई दाँतको दुखाईको लागि सबैभन्दा राम्रो उपाय मानिन्छ। यस साथै स्वस्थ रहनको लागि पनि ल्वाङ्गको प्रयोग गरिन्छ। ल्वाङ्गमा विशेष प्रकारको गुण पाईन्छ। जसले ब्याक्टेरियालाई समाप्त गर्ने काम गर्दछ।
के गुलियोले मात्रै बिगार्छ दाँत ?
विशेष गरी बालबालिकालाई गुलियो खानेकुरा दिँदा दाँतमा किरा लाग्छ भन्ने भ्रम छ। गुलियो मात्रै होइन, जुनसुकै खाद्यपदार्थले पनि दाँत बिगार्छ, यदि त्यो दाँतमा रह्यो भने। तर, के पनि हो भने चकलेट र मिठाई खाँदा ती पदार्थहरू टाँसिने भएकाले छिटो खान मद्दत हुने हो। तर, चिनीपानी, महजस्ता गुलियो चिज खाँदा त्यसको असर भने कम हुन्छ । खानेकुरा दाँत वा मुखमा रहनासाथ एसिड उत्पादन भई त्यसले दाँत बिगार्ने हो।
दाँत जोगाउन के गर्ने ?
बिहान–बेलुका खाना खाइसकेपछि फ्लोराइडयुक्त मन्जनले दाँत माझ्ने। दाँत माझ्दा चपाउने भागमा पनि माझ्ने। बच्चालाई सुतेर खानेकुरा वा दूध खान नदिने। त्यसरी दिँदा खानेकुरा मुखभरि रहन्छ र दाँतमा एसिड उत्पादन तीव्र हुन्छ। कोल्डड्रिंक्स खाँदा सकेसम्म पाइपको प्रयोग गरौं। बोतलबाट वा गिलासबाट खाँदा दाँतको इनामेल बिगार्छ, तर पाइपबाट खाँदा दाँतलाई त्यति असर गर्दैन। बिस्कुट चक्लेट तथा अन्य खानेकुरा खाइसकेपछि सकेसम्म मुख कुल्ला गर्ने। हल्का कालो वा पहेलो दाँत देखिनासाथ उपचारका लागि सम्पर्क गर्ने। सुरुमै जाँच गर्दा दाँतको उपचार सहज हुन्छ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस