एकै दिन इटलीमा ४२७ , अमेरिकामा ६१ को मृत्यु, १७९ देशमा संक्रमण
चैत ७,२०७६ ।
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले इटलीमा दिनप्रतिदिन उग्र रुप लिएको छ। इटलीमा कोरोना भाइरसले एकै दिन ४ सय २७ जनाको ज्यान लिएको छ। हिजो बिहीबारसम्म विश्वका १७९ देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। कोरोना भाइरसबाट विश्वमा १० हजार ३५ जनाको मृत्यु भएको छ। भने २ लाख ४४ हजार ९ सय ७९ जना संक्रमित छन्।
यस्तै, इरानमा बिहीबार कोरोना भाइरसका कारण थप १ सय ४९ जनाको मृत्यु भएको छ। भने स्पेनमा थप १ सय ९३ जना र फ्रान्समा १ सय ८ जनाको ज्यान गएको छ। यसैगरी कोरोना भाइरसका कारण जर्मनीमा १६ जना दक्षिण कोरियामा ७ जना र स्विजरल्यान्डमा १० जनाको मृत्यु भएको छ। युकेमा ४० जनाको मृत्यु भएको छ भने अमेरिकामा थप ६१ जनाको ज्यान गएको छ।
यस्तै, नेदरल्यान्ड्समा १८ जना, नर्वेमा १, बेल्जियममा ७, अष्ट्रीयामा २, स्विडेनमा १, डेनमार्कमा २ र जापानमा ४ जनाको मृत्यु भएको छ। यसैगरि, ब्राजिलमा ३ जना, क्यानडामा ३, पोर्चुगलमा २ र अष्ट्रेलियामा १ जनको कोभिड -१९ बाट ज्यान गएको छ। भने आयरल्यान्ड, ग्रीसमा १/१ जनको मृत्यु भएको छ।
त्यस्तै, टर्कीमा २, लजमबर्गमा २, इन्डोनेसियामा ६, अल्जेरियामा २ जनाको ज्यान गएको छ। भने, इन्डिया, इरान, अर्नेन्टिना, बुल्गेरिया, युक्रेन, इजिप्टमा १/१ जनाको मृत्यु भएको छ। यसैगरि पेरु, रसिया, मेक्सिको, क्रोसिया, टुनिसिया, क्यसराकोमा १/१ जनको र काजक्सितानमा ३ जनाको पहिलो पटक मृत्यु भएको छ।
विश्वभर बिहीबार एकै दिन मर्नेको संख्या १ हजार ८४ पुगेको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस