• जीवनशैली | Jiwanshaili
  • अष्ट्रेलियाले विदेशीलाई भन्यो आ–आफ्नाे देश फर्क


    २० चेत्र, क्यानबेरा । आफ्नो देशमा रहेका विदेशी विद्यार्थी र भिजिट भिषामा अष्ट्रेलियामा रहेकाहरुलाई आ–आफ्नै देश फर्कन त्यहाँका प्रधानमन्त्रीले आदेश दिएका छन् ।

    विद्यार्थी भिषा र अरु अनेक प्रकारका भिषामा अष्ट्रेलियामा रहेकाहरु अनावश्यक रुपमा त्यहाँ रहीरहनु आवश्यक नभएको भन्दै त्यहाँको सरकारले उनीहरुको जिम्मा लिन नसक्ने अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बताएका हुन् ।

    आफ्नो मन्त्रीमण्डल र विभिन्न प्रान्तका प्रमुखहरुसँगको बैठकमा प्रधानमन्त्री मोरिसनले विद्यार्थी र विभिन्न भिषामा रहेकाहरु आप खर्च आफै धान्न सक्दैनन् भने आप्mनै देश फर्कन बाहेक अर्को उपाय नरहेको प्रधानमन्त्रीले बताएका हुन् ।
    राम्रो समयमा अष्ट्रेलियामा पाहुन हुनु राम्रो भएको भन्दै यस्तो समयमा तपाई यो देशमा पाहुना हो भने आप्mनै देश फर्कनुस् अनि आफै सरकारले दिएको सुविधा उपभोग गर्नुहोस्, अष्ट्रेलियाका प्रधानमन्त्रीले भनेका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस