• जीवनशैली | Jiwanshaili
  • ब्राजिल बन्यो कोरोनाको दाेस्रो इपिसेन्टर


    जेठ १० गते ,शनिबार।
    विश्व भर महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिल विश्वकै दोस्रो इपिसेन्टर बनेको छ । ब्राजिलमा एकै दिन थप १९ हजार ६ सय ९६ जनामा कोरोनाभाइरसको संक्रमण थपिए पछि रसियालाइ उछिन्दै अमेरिका पछि दोस्रो प्रभावित हुने देशको सुचिमा पुगेको हो ।

    ब्राजिलमा शुक्रबार ९ सय ६६ जनाको ज्यान गएको छ । आज शनिबार विहान सम्म ब्राजिलमा ३ लाख ३० हजार ८९० कुल सङ्क्रमित भएका छन्।
    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या २१ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या २१ हजार ४८ पुगेको छ ।

    विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ५२ लाख पुगेको छ । । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ३ लाख ३९ हजार पुगेको छ । विश्वको २१३ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस