• जीवनशैली | Jiwanshaili
  • मलेसियामा अप्रिल २८ सम्म लम्ब्याइयो ‘लकडाउन’


    २९ चैत/ मलेसियामा लगाउदै आएको लकडाउनको म्याद थपेर यही अप्रिल २८ तारिखसम्म पु¥याएको छ । मलेसिया सरकारले अहिलेलाई थप दुई हप्ताका लागि लकडाउनको म्याद थपिएको जानकारी दिएको हो ।

    प्रधानमन्त्री मुहिद्धिन यासिनले राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै लकडाउनका लागि जारी गरिएको आवाज जावत नियन्त्रण निर्देशन आगामी अप्रिल २८ तारिखसम्म लागु हुने घोषणा गर्नुभएको हो । उहाँले स्वास्थ्य मन्त्रालय र विज्ञहरुको सुझावका आधारमा आवाज जावत नियन्त्रण गर्ने व्यवस्थालाई लम्ब्याइएको बताउनु भएको छ ।

    कोरोना भाइरसको संक्रमण थप फैलिन नदिनका लागि आवत जावत नियन्त्रण अत्यावश्यक र अनिवार्य भएकाले यसलाई निरन्तरता दिनु पर्ने भएको उहाँको भनाई छ ।
    “हामीले अझै केही समय यही अवस्थाको सामना गर्नु पर्ने भएको छ, यसले धेरैलाई समस्यामा पार्दछ भन्ने हामीले बुझेका छौँ, तर यसको पालना गर्नु हाम्रो बाध्यता हो,” प्रधानमन्त्री यासिनले भन्नु भएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण नुहदाँसम्म यस्तो व्यवस्था लामो समयसम्म पनि जानसक्ने उहाँले बताउनु भयो ।
    उहाँले थप्नुभयो, “कोरोना भाइरस विरुद्धको लगाई अझै सकिएको छैन, त्यसैले हामीले लडिरहनु पर्ने भएको छ ।”

    मलेसियामा लकडाउनका लागि आवाज जावत नियन्त्रण निर्देशन लागु गरिएको शनिबार २५ दिन भइसकेको छ । गत मार्च १८ देखि नै मलेसियामा लकडाउन सुरु गरिएको थियो ।
    त्यतिबेला घोषणा गरिएको लकडाउन यही अप्रिल १४ मा सकिने छ भने अहिले घोषणा गरिएको लकडान १५ अप्रिलदेखि २८ अप्रिलसम्म लागु हुनेछ ।

    औषधी, खाद्य पदार्थलगायतका अत्यावश्यक सामग्रीहरु किन्नका लागि निस्कनु पर्ने बाहेक अन्य सवैजना घरमै बस्न प्रधानमन्त्री यासिनले आग्रह गर्नुभयो ।
    लकडाउनका कारण मलेसियाको आर्थिक क्षेत्रमा ठूलो क्षति पुगेको र यसले धेरै पछिसम्म असर गर्न सक्ने अधिकारीहरुले बताएका छन् ।
    शुक्रबारसम्ममा मलेसियामा कोरोना भाइरसका कारण चार हजार ३४६ जना संक्रमित भएका छन् भने ७० जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : प्रवास

    प्रतिक्रिया दिनुहोस


    थप समाचार