कोरोना भएको आशंकामा आइसोलेसन राखेका बिरामीको मृत्यु
कोरोना भएको आशंकामा आइसोलेसन राखेका एक विरामीको मृत्यु भएको छ । भरतपुरमा रहेको कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको हो । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो । उनको शव अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो ।
उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, तर कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी छ ।
उनको स्वाबको नमुना सोमबार नै संकलन गरिएको र मंगलबार विहान विमानबाट मात्र पठाइएको अस्पताल स्रोतले जनाएको छ ।
मृतक मिर्गाैलाकाे बिरामी भएकाे र निमित रूपमा चितवन मेडिकल केलेजमा आउने गरेका बिरामी समेत रहेकाे जनाइएकाे छ । उनलाई उच्च ज्वराे, रुघाखाेकी र निमाेनिया देखिएपछि आजै काेराेना विशेष अस्पतालमा भर्ना गरेर आइसीयूमा राखिएकाे थियाे ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस