कोरोना भएको आशंकामा आइसोलेसन राखेका बिरामीको मृत्यु

कोरोना भएको आशंकामा आइसोलेसन राखेका एक विरामीको मृत्यु भएको छ । भरतपुरमा रहेको कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको हो । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो । उनको शव अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो ।
उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, तर कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी छ ।
उनको स्वाबको नमुना सोमबार नै संकलन गरिएको र मंगलबार विहान विमानबाट मात्र पठाइएको अस्पताल स्रोतले जनाएको छ ।
मृतक मिर्गाैलाकाे बिरामी भएकाे र निमित रूपमा चितवन मेडिकल केलेजमा आउने गरेका बिरामी समेत रहेकाे जनाइएकाे छ । उनलाई उच्च ज्वराे, रुघाखाेकी र निमाेनिया देखिएपछि आजै काेराेना विशेष अस्पतालमा भर्ना गरेर आइसीयूमा राखिएकाे थियाे ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस