विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४ लाख नाघ्यो

चैत्र ११, २०७६
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको नोवल कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ४ लाख नाघेको छ । समाचार तयार पार्दा सम्म विश्वको १९६ देश तगा क्षेत्रमा ४ लाख ४ सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । हाल सम्म कोरोना भाइरसले ९८ देश तथा क्षेत्रका १७ हजार ४ सय ५१ जनाले कोरोना भाइरसबाट ज्यान गुमाइसकेका छन् ।
मङ्गलवार सम्म सबै भन्दा बढी इटलीमा ६ हजार ७७ जनाले ज्यान गुमाइसकेका छन् । यस्तै दोस्रोमा चीनमा ३ हजार २ सय ७७ जनाको मृत्यु भएको छ भने तेस्रोमा स्पेनमा २ हजार ८ सय जनाको ज्यान गएको छ । यसै गरी इरानमा १ हजार ९ सय ३४ ले ज्यान गुमाएका छन् । मङ्गलवार सम्म सङ्क्रमित मध्ये १ लाख ३ हजार ७ सय ५० जना बिरामी उपचारपछि घर फर्किसकेका छन् भने २ लाख ७९ हजार २ सय ५५ बिरामी उपचाररत रहेका छन् । कोरोना भाइरसको सुरुवात भएको भनिएको चीनमा भने सामान्य स्थितिमा फर्कने अवस्थामा रहेको छ । हाल सम्म ८१ हजार १८१ मा कोरोना भाइरसको सङ्क्रमण भएको चीनमा ४ हजार ७ सय ३५ सङ्क्रमित मात्रै उपचारत छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस