• जीवनशैली | Jiwanshaili
  • बिगत २४ घण्टामा इटालीमा ७४३, स्पेनमा थप ६८० काे मृत्यु, अन्य देशमा यस्ताे (तालिका सहित)


    चैत्र १२, २०७६ । काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार ८ सय १० पुगेको छ । बिगत २४ घण्टामा २ हजार २ सय ९६ जनाको मृत्यु भएको छ । यो संगै विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या ४ लाख २१ हजार ३ सय ६७ पुगेको छ ।

    इटालीमा पछिल्लो २४ घण्टामा ७ सय ४३ जनाले ज्यान गुमाएका छन् । एकै दिनमा थप ७ सय ४३ जनाले ज्यान गुमाएसँगै हालसम्म इटालीमा ज्यान गुमाउनेको संख्या ६ हजार ८ सय २० पुगेको छ । ६९ हजार १ सय ७६ जना सङ्क्रमित छन् ।

    संक्रमितमध्य ८ हजार ३ सय २६ जना उपचारपछि निको भएका छन् भने ५४ हजार ३० जना उपचाररत छन् । जसमध्ये पनि ३ हजार ३ सय ९३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    नोवल कोरोना भाइरसबाट मंगलबार स्पेनमा थप ६८० जनाको ज्यान गएको छ । पछिल्लो समय स्पेनमा सङ्क्रमितको सङ्ख्या बढी रहेको अवस्थामा आज यतिको सङ्ख्यामा मृत्यु भएको हो ।

    यो सँगै स्पेनमा हाल सम्म २ हजार ९ सय ९१ जनाको ज्यान गएको छ । मंगलबार स्पेनमा ६ हजार९ सय २२ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ । स्पेनमा ४२ हजार ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    विश्वव्यापी महामारीको प्रकोपको रुपमा फैलिएको नोवल कोरोना भाइरसका कारण मंगलबार इरानमा थप १ सय २२ जनाको ज्यान गएको छ । इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताका अनुशार १ हजार ७ सय ६२ जना नयाँ संक्रमित थपिएका छन् ।
    इरानमा हाल सम्म १ हजार ९ सय ३४ जनाको ज्यान गइसकेको छ । हाल सम्म इरानमा २४ हजार ८ सय ११ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस