अमेरिकाले उछिन्यो इटालीलाई, बन्यो सबै भन्दा बढी कोरोना सङ्क्रमित भएको देश

चैत्र १२, २०७६।
पछिल्लो समय अमेरिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । कोरोना भाइरस सङ्क्रमितको उपचारत सङ्ख्या लाई हेर्ने हो भने अमेरिका विश्वकै सबै भन्दा बढी कोरोना भाइरस सङ्क्रमित रहेको देश बनेको छ । यो समाचार तयार पार्दा सम्म इटालीलाई उछिन्दै अमेरिका पहिलो कोरोना सङ्क्रमित बढी भएको देश बनेको छ । हाल सम्म अमेरिकामा ५८ हजार ७ सय ३९ जना उपचारत रहेका छन् ।
अमेरिकामा जम्मा ५९ हजार ९ सय ९ सङ्क्रमित मध्ये हाल सम्म ७ सय ९१ जनाको ज्यान गइसकेको छ ।यसै गरी ३७९ जना सङ्क्रमित उपचार पछि घर फर्किसकेका छन् । इटालीमा हाल ५४ हजार ३० जना उपचारत रहेका छन् । इटलीमा ६९ हजार १ सय ७६ सङ्क्रमित मध्ये ६ हजार ८ सय २० जनाको ज्यान गइसकेको छ । इटलीमा ८ हजार ३ सय २६ जना बिरामी निको भएर घर फर्किसकेका छन् ।

source : worldometres.info
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस