अमेरिकाले उछिन्यो इटालीलाई, बन्यो सबै भन्दा बढी कोरोना सङ्क्रमित भएको देश
चैत्र १२, २०७६।
पछिल्लो समय अमेरिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । कोरोना भाइरस सङ्क्रमितको उपचारत सङ्ख्या लाई हेर्ने हो भने अमेरिका विश्वकै सबै भन्दा बढी कोरोना भाइरस सङ्क्रमित रहेको देश बनेको छ । यो समाचार तयार पार्दा सम्म इटालीलाई उछिन्दै अमेरिका पहिलो कोरोना सङ्क्रमित बढी भएको देश बनेको छ । हाल सम्म अमेरिकामा ५८ हजार ७ सय ३९ जना उपचारत रहेका छन् ।
अमेरिकामा जम्मा ५९ हजार ९ सय ९ सङ्क्रमित मध्ये हाल सम्म ७ सय ९१ जनाको ज्यान गइसकेको छ ।यसै गरी ३७९ जना सङ्क्रमित उपचार पछि घर फर्किसकेका छन् । इटालीमा हाल ५४ हजार ३० जना उपचारत रहेका छन् । इटलीमा ६९ हजार १ सय ७६ सङ्क्रमित मध्ये ६ हजार ८ सय २० जनाको ज्यान गइसकेको छ । इटलीमा ८ हजार ३ सय २६ जना बिरामी निको भएर घर फर्किसकेका छन् ।

source : worldometres.info
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस