• जीवनशैली | Jiwanshaili
  • शुक्रबार इटलीमा ७६६ ,स्पेनमा ८५० जनाको मृत्यु


    चैत्र-२२,२०७६।शनिबार ।
    विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण इटलीमा शुक्रबार मात्रै ७६६ जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म इटलीमा १ लाख १९ हजार ८२७ कुल सङ्क्रमित भएका छन् भने, १४ हजार ६२१ जनाको मृत्यु भएको छ । यसैबीच १९ हजार ७५८ निको भएर फर्किएका छन् ।

    यस्तै स्पेनमा शुक्रबार मात्रै ८५० जनाको मृत्यु भएको छ । १ लाख १९ हजार १९९ कुल सङ्क्रमित भएका छन् भने, ११ हजार १९८ को मृत्यु भएको छ । यसैबीच ३० हजार ५१३ निको भएर फर्किएका छन् ।

    विश्वभरका २०५ भन्दा देश तथा क्षेत्रमा फैलिसकेको कोभिड १९ बाट हाल सम्म ५९ हजार मानीसको मृत्यु भइसकेको छ भने १० लाख भन्दा बढि मानिसमा यस भाइरसको संक्रमण देखिसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस