कोरोना भाइरसको बारेमा भ्रमपूर्ण समाचार दिने ११ वटा वेबसाइटलाई कारबाहि

प्रेस काउन्सिल नेपालले कोरोना भाइरसको बारेमा आपत्तिजनक, भ्रमपूर्ण र अतिरञ्जित शीर्षक राखेर भ्रम फैलाउने तीनवटा वेबसाइटहरुलाई बन्द गर्न शुक्रबार पत्राचार गरेको छ ।
नियमानुसार दर्ता एवं सूचीकरण नभएका ३ वटा वेबसाइट नेपालभित्र प्रकाशन हुन नसक्नेगरी बन्द गर्न नेपाल दुरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको काउन्सिलका उप–प्रशासकिय अधिकृत रामशरण बोहराले जानकारी दिए । अधिकृत बोहराका अन्य तीनवटा अनलाइन सञ्चारमाध्यमलाई विवादास्पद र आपत्तिजनक सामग्री हटाउन तथा २४ घण्टे स्पस्टिकरण पेश गर्न निर्देशन दिइएको छ ।
काउन्सिलले अहिलेसम्म कोरोना भाइरसको विषयमा अतिरञ्जित सामग्री सम्प्रेषण गरेका तर दर्ता एवं सूचिकरण नभएका ११ वटा वेबसाइटलाई नेपालभित्र खुल्न नसक्ने बनाइसकेको छ । यस्तै २६ वटा सञ्चारमाध्यमसँग जिम्मेवारीपूर्वक जवाफ मागेको छ । यस्तै काउन्सिलले भ्रमपूर्ण हल्ला नफैलाउन सबै सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगतकर्तालाई अनुरोध गरेको छ ।

क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस