नगरपालिकाद्वारा ५० लाखको राहत कोष
कोभिड– १९ लाई ध्यानमा राखी दाङको लमही नगरपालिकाले रु ५० लाखको राहत कोष स्थापना गरेको छ । कोभिड–१९ सङ्क्रमित तथा शङ्कास्पद व्यक्तिहरुका लागि राहत तथा व्यवस्थापनका लागि उक्त राहत कोष स्थापना गरेको नगर प्रमुख कुलप्रसाद केसीले बताउनुभयो । उक्त कोषमा नगर प्रमुख कुलबहादुर केसीको तर्फबाट रु ३५ हजार, उपप्रमुख देबका बेल्वासेको तर्फबाट रु ३० हजार र नगरपालिकाका आठवटै वडाका वडाध्यक्षले रु २५-२५ हजार जम्मा गर्नुभएको छ ।
नगरपालिकाले जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार बेलझुण्डी कोरोना विशेष अस्पतालमा राखिएका व्यक्तिलाई खाना खुवाउनका लागि नगरपालिकाले एक लाख रुपैँया कोषमा जम्मा गरेको छ । नगरपालिका क्षेत्रभित्र राहत सामग्री सहज रुपमा वितरण गर्नका लागि अति विपन्न घर परिवार पहिचान र विदेशबाट आएका व्यक्तिहरुको विवरण सङ्कलनका लागि वडास्तरीय विपद् व्यवस्थापन समिति, टोल विकास संस्था, महिला स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधिलाई परिचालन गर्ने निर्णय गरिएको समेत नगर प्रमुख केसीले बताउनुभयो ।
उहाँका अनुसार नगर क्षेत्रभित्र रहेका शङ्कास्पद व्यक्तिलाई राख्नको लागि ३० श्ययाको देउखुरी बहुमुखी क्याम्पसको भवनमा क्वारेन्टाइन निर्माण गर्ने, मेडिकल व्यवसायीले पसल बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो ३ बजेदेखि बेलुका ७ बजेसम्म स्वास्थ्य संस्था खोल्न दिने समेत निर्णय गरिएको छ । नगर क्षेत्रभित्रका दैनिक उपभोग्य सामग्री बिक्री वितरण गर्ने व्यवसायीयलाई बिहान ६ बजेदेखि ९ बजेसम्म पसल खोल्न अनुरोध गरिएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
प्रतिक्रिया दिनुहोस