कोभिड-१९ विरुद्ध कलाकारको अभियान

विश्व नै कोरोना भाइरसबाट आक्रान्त भइरहेका बेला कलाकारहरु यसबाट पर रहने कुरै भएन । यस्तो बेलामा केही कलाकारले कोरोना भाइरसको सामना गर्न आर्थिक र भौतिक सहयोग गर्ने अभियान चलाइरहेका छन् । केही आफ्नो सिर्जनामार्फत नै महामारीविरुद्धको अभियानमा लागेका छन् ।
कोरोना भाइरसलाई बुझ्न र यसबाट जोगिन महत्वपूर्ण सन्देश प्रवाह गर्दै कलाकारले चलाएका सिर्जनात्मक अभियान यस्ता छन् ।
मानस साहूको ‘स्यान्ड आर्ट’
भारतीय कलाकार मानस साहूले सचेत रहे कोरोनालाई जित्न सकिने सन्देशसहित कलाकृति तयार पारेका छन् । साहू बालुवामा गरिने विभिन्न सिर्जनाका लागि प्रसिद्ध छन् । भारतको उडिसा राज्यको पुरीस्थित समुद्री किनारमा रहेको उनको ‘स्यान्ड आर्ट’मा लेखिएको छ, “कन्सियसनेस क्यान कन्क्योर कोरोनाभाइरस”, अर्थात् सचेतनाले कोरोनाभाइरसलाई जित्न सक्छ ।

आर्टमा ‘सेभ द चाइल्ड’
चिनियाँ कलाकार हे कुन आफ्ना कलाकृतिमा कोरोना भाइरसको प्रभावबारे चेतना जगाउन तल्लीन छन् । चीनमा कोरोना भाइरसको इपिसेन्टर बन्न पुगेको वुहान प्रान्तका जनतासँग कुनको ऐक्यबद्धता छ । कुनले बालबालिकाका मुद्दामा केन्द्रित “सेभ द चाइल्ड” नामक अभियान चलाइरहेका छन् ।

फुङको कला श्रृङ्खला
हङकङका कलाकार टम्मी फुङले कोरोना भाईरसविरुद्ध जनचेतनाका लागि कलाकृतिको श्रृङ्खला नै तयार पारेका छन् । उनले चेतनामूलक कलाकृति आफ्नो इन्स्टाग्राम मार्फत सार्वजनिक गर्दै आएका छन् ।
फुङको कलाकृतिमा सचेतनाका साथै व्यङ्यको समिश्रण पाइन्छ । उनको एक कलाकृतिमा मानिसको भीडलाई पीछा गरिरहेको मास्कधारी भयानक भाइरसको चित्र छ । आफ्नो कलामा प्रस्तुत हुने संकेतहरु अवास्तविक भएपनि त्यसले मानिसमा चेतना जगाउन महत्वपूर्ण भूमिका खेल्ने फुङको भनाई छ ।
मानिसहरु सरकारप्रति विश्वस्त हुन नसकेको र निराश भएको उनी बताउँछन् । सबैभन्दा जोखिममा रहेका गरिब र वृद्ध मानिसहरुले सरकारबाट यौटा मास्कसमेत पाउन नसकेको फुङको टिप्पणी छ ।

हानको ‘म्युरल’
चीनको साङ्घाई र अमेरिकाको लस एन्जलसमा रहने डिजाईनर दुयी हानको कलामा कोरोना भाईरस नियन्त्रणको लागि खटिने स्वास्थ्यकर्मीप्रति कृतज्ञता व्यक्त गरिएको छ । ‘सन्त वियर्स ह्वाइट’ हानले बनाएको भित्तेकला (म्युरल) हो । जसमा स्वास्थ्यकर्मीलाई ‘सन्त’को उपमा दिइएको छ ।
उनको कलामा सेतो रङको मेडिकल पहिरनमा हरियो मास्क लगाएका स्वास्थकर्मीको आकृति छ । जसको पृष्ठभूमिमा हुबेई प्रान्तको ऐतिहासिक पूजास्थल छ ।

(एजेन्सीको सहयोगमा)
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस