अस्ट्रेलियामा ६ जना नेपालीलाई कोरोना
अस्ट्रेलियाको सिड्नी र मेलवर्नमा ६ जना नेपालीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ ।अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालका अनुसार सिड्नीमा चार जना र मेलवर्नमा दुई जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दूतावासलाई प्राप्त भएको हो ।
यता उनीहरूसँगै बस्ने सिड्नी र मेलवर्नमा थप एक एक जनालाई पनि संक्रमणको आशंका गरिएको छ । उनीहरूको परीक्षण भइरहेको जनाइएको छ ।सिड्नीमा कोरोना संक्रमित चारै जना विद्यार्थी हुन् । मेलवर्नमा संक्रमित दुई जना भने दिदी र बहिनी रहेको राजदूत दाहालले जनाएका छन् । उनका अनुसार ‘उनीहरूको स्वास्थ्य सामान्य रहेको रर घरमै आइसोलेसनमा राखिएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस