अस्ट्रेलियामा ६ जना नेपालीलाई कोरोना

अस्ट्रेलियाको सिड्नी र मेलवर्नमा ६ जना नेपालीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ ।अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालका अनुसार सिड्नीमा चार जना र मेलवर्नमा दुई जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दूतावासलाई प्राप्त भएको हो ।
यता उनीहरूसँगै बस्ने सिड्नी र मेलवर्नमा थप एक एक जनालाई पनि संक्रमणको आशंका गरिएको छ । उनीहरूको परीक्षण भइरहेको जनाइएको छ ।सिड्नीमा कोरोना संक्रमित चारै जना विद्यार्थी हुन् । मेलवर्नमा संक्रमित दुई जना भने दिदी र बहिनी रहेको राजदूत दाहालले जनाएका छन् । उनका अनुसार ‘उनीहरूको स्वास्थ्य सामान्य रहेको रर घरमै आइसोलेसनमा राखिएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस