• जीवनशैली | Jiwanshaili
  • युकेमा काेराेनाले लियाे थप २ सय ९ काे ज्यान


    चैत्र १६, २०७६। आइतबार

    विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले युकेमा एकै दिन २ सय ९ जनाको ज्यान लिएको छ । युकेमा कोरोना भाइरसबाट एकै दिन २ हजार ४ सय ३३ जना संक्रमित भएका छन् । शनिबार सम्म युकेमा १ हजार २ सय २८ जनाको मृत्यु भएको छ ।

    युकेमा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या १९ हजार ५ सय २२ पुगेको छ ।
    हाल सम्म विश्वका १ सय ९९ देश तथा क्षेत्रहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस