कुल संक्रमितमा स्पेनले पनि उछिन्यो चीनलाई
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको नोवल कोरोना भाइरस संक्रमितको संख्या चीनमा भन्दा स्पेनमा बढी देखिएको छ । आज स्पेनमा थप ५ हजार ८५ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइए पछि संक्रमितको संख्या चीनमा भन्दा स्पेनमा बढी देखिएको हो। स्पेनमा हाल सम्म ८५ हजार १ सय ९५ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
चीनमा कोरोना भाइरस संक्रमितकाे संख्या ८१ हजार ४ सय ७० रहेको छ । पछिल्लो समय स्पेनमा सङ्क्रमितको सङ्ख्या बढी रहेको छ भने चीनमा नियन्त्रणको अवस्थामा रहेको छ । स्पेनमा हाल सम्म ७ हजार ३ सय ४० जनाको ज्यान गएको छ । यता चीनमा भने ३ हजार ३ सय ४ जनामा कोरोना कारण मृत्यु भएको छ ।
कोरोना भाइरसबाट अहिले सबै भन्दा बढी अमेरिकामा १ लाख ४२ हजार मानिस संक्रमित छन भने दोस्रोमा इटलीमा ९७ हजार मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस