कुल संक्रमितमा स्पेनले पनि उछिन्यो चीनलाई

विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको नोवल कोरोना भाइरस संक्रमितको संख्या चीनमा भन्दा स्पेनमा बढी देखिएको छ । आज स्पेनमा थप ५ हजार ८५ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइए पछि संक्रमितको संख्या चीनमा भन्दा स्पेनमा बढी देखिएको हो। स्पेनमा हाल सम्म ८५ हजार १ सय ९५ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
चीनमा कोरोना भाइरस संक्रमितकाे संख्या ८१ हजार ४ सय ७० रहेको छ । पछिल्लो समय स्पेनमा सङ्क्रमितको सङ्ख्या बढी रहेको छ भने चीनमा नियन्त्रणको अवस्थामा रहेको छ । स्पेनमा हाल सम्म ७ हजार ३ सय ४० जनाको ज्यान गएको छ । यता चीनमा भने ३ हजार ३ सय ४ जनामा कोरोना कारण मृत्यु भएको छ ।
कोरोना भाइरसबाट अहिले सबै भन्दा बढी अमेरिकामा १ लाख ४२ हजार मानिस संक्रमित छन भने दोस्रोमा इटलीमा ९७ हजार मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस