• जीवनशैली | Jiwanshaili
  • काेराेना कहरः फ्रान्समा एकै दिन ४ सय १८ जनाको मृत्यु


    विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस (९कोभिड-१९) का कारण फ्रान्समा एकै दिन ४ सय १८ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोना भाइरसबाट एकै दिन ४ हजार ३ सय ७६ जना संक्रमित भएका छन् । हिजो सोमबारसम्म फ्रान्समा ३ हजार २४ जनाको मृत्यु भएको हाे ।

    फ्रान्समा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या ४४ हजार ५ सय ५० पुगेको छ ।
    हाल सम्म विश्वका १ सय ९९ देश तथा क्षेत्रहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। कोरोना भाइरसबाट विश्वमा ३७ हजार भन्दा बढीको मृत्यु भएको छ। समाचार तयार पार्दा सम्म करिव ७ लाख ८३ हजार मानिस काेराेना भाइरसबाट संक्रमित छन्।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस