कोभिड–१९ः विश्वभरमा संक्रमितको संख्या ८ लाख नाघ्यो, करिव ४० हजारको मृत्यु

चैत्र १८, २०७६। मंगलबार
विश्वब्यापी महामारीको रुप लिएको कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना सङ्क्रमणबाट विश्वभरका ८ लाख मानिसमा संक्रमण देखिएको छ । यस्तै कोरोना भाइरसबाट ज्यान गुमाउने करिव ४० हजार पुगेको छ ।
अमेरिका यो सङ्क्रमणको सबैभन्दा धेरै नागरिक सङ्क्रमित हुने देशमा परेको छ । यहाँ समाचार तयार गर्दासम्म एक लाख ६५ हजार ३९२ नागरिक सङ्क्रमित भएको जनाइएको छ ।
स्पेनमा ज्यान जाने नागरिकको सङ्ख्या ८ हजार २६९ जना पुगेको छ । त्यसैगरी सङ्क्रमण हुनेहरु ९४ हजार ४१७ पुगेका छन् । यहाँ १९ हजार २५९ नागरिक उपचारपछि घर फर्किएका छन् । यसरी स्पेन कोरोना सङ्क्रमणबाट बढी ज्यान जाने देशमा इटालीपछि दोस्रो देशको रुपमा रहेको छ ।
संयुक्त राज्य अमेरिकामा तीन हजार १८२ जनाको ज्यान गइसकेको छ । यसरी यहाँ निकै द्रूूत रुपमा यस सङ्क्रमणको विस्तार भइरहेको देखिएको छ । प्रतिदिन यहाँ हजारौँ नागरिक सङ्क्रमितको सूचीमा थपिने गरेका छन् ।
चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ ।
कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार ३०५ जनाको मृत्यु भएको छ भने । त्यहाँ ८१ हजार ५१८ जना सङ्क्रमित रहेका छन् । यसैबीच ७६ हजार ५२ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।
इरानमा मंगलबार थप १ सय ४१ जनाको ज्यान गएको छ ।यो समाचार तयार पार्दा सम्म इरानमा कोरोना भाइरस २ हजार ८ सय ९८ जनाको ज्यान गएको छ ।यस्तै आज इरानमा ३ हजार १ सय १० जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ । स्पेनमा ४४ हजार ६ सय ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
नेडरल्याण्डमा यस सङ्क्रमणबाट आज मंगलबार १सय ७५ जनाको मृत्यु भएको छ ।यस्तै १२ हजार ५९५ सङ्क्रमित भएका छन् ।
बेल्जियममा सङ्क्रमणको कारण ७०५ व्यक्तिको मृत्यु भएको छ ।१२ हजार ७७५ सङ्क्रमित भएका छन् ।मंगलबार मात्रै बेल्जियममा १९२ जनाको मृत्यु भएको हो ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस