कोरोनाका कारण हलिउड स्टार एन्ड्र्यू ज्याकको निधन
कोरोना सङ्क्रमणका कारण हलिउड स्टार एन्ड्र्यू ज्याकको निधन भएको छ। एन्ड्रयूकी पत्नी गेब्रिएला रोडर्सले सामाजिक सञ्जालमा पोस्ट गर्दै हलिउड स्टार एन्ड्र्यू ज्याक अव संसारमा नरहेको बताएका हुन् ।हाल एन्ड्रयूकी पत्नी अस्ट्रेलियामा क्वारेन्टाइन रहेकी छिन् । ७५ वर्षीय एन्ड्र्यू कोरोना भाइरस सङ्क्रमण भएपछि बेलायतमा उपचार गरिरहेका थिए ।
कोरोना भाइरस सङ्क्रमणको कारण संसारभरिका हजारौँ मानिसहरूले आफ्नो जीवन गुमाइसकेको छ। सम्पूर्ण विश्वले यो भाइरससँग लड्न यथाशक्य सहयोग गरिरहेको छ, तर यस रोगको कुनै उपचार पत्ता लागेको छैन। हलिउडमा धेरै सुपरस्टारहरूले यस भाइरसबाट सङ्क्रमित भएपछि आफ्नो ज्यान गुमाएका छन् र यस क्रममा स्टार वारमा महत्त्वपूर्ण भूमिका खेल्ने अभिनेता एन्ड्र्यू ज्याक पनि यस संसारबाट बिदाइ भएका छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस