फ्रान्समा कोरोना भाइरसबाट थप १३ सय ५५ को मृत्यु
चैत्र-२१,२०७६।शुक्रबार ।
फ्रान्समा कोरोना भाइरसबाट थप १ हजार ३ सय ५५ जनाको ज्यान गएको छ । यूरोपेली देश फ्रान्समा कोरोना भाइरस कोभिड-१९०का कारण ज्यान गुमाउनेको संख्या ५ हजार ३ सय ८७ पुगेको वल्डवो मिटर्स डट ईन्फोले बताएको छ । बिहीबारदेखि फ्रान्सले नर्सिङ होमहरूमा भएको मृत्यु सहितको डाटा सार्बजनिक गरेपछि संख्या बढेको रोइटर्सले बताएको छ। सार्वजनिक स्वास्थ्य प्राधिकरणका प्रमुख जेरोम सालोमनले भने, अस्पतालमा कोरोनाभाइरससम्बन्धी मृत्यु हुनेहरूको संख्या बिहीबार १२.५ प्रतिशले बढेको छ।उनले थपे कि अस्थायी तथ्याङकले देखाए कि कुल ८सय ८४ जना नर्सिङ होममा मृत्यु भएका थिए।
यो समाचार तयार पार्दासम्म फ्रन्समा ५९ हजार १ सय ५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ ।
फ्रन्समा पछिल्लो २४ घण्टामा २ हजार १ सय १६ जनामा यो भाइरसको नयाँ संक्रमण देखिएको छ । विश्वभरका २०४ भन्दा देश तथा क्षेत्रमा फैलिसकेको कोभिड १९ बाट हाल सम्म ५२ हजार मानीसको मृत्यु भइसकेको छ भने १० लाख भन्दा बढि मानिसमा यस भाइरसको संक्रमण देखिसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस