• जीवनशैली | Jiwanshaili
  • कोभिड–१९ बाट विश्वमा ५२ हजारको मृत्यु र दश लाख ब्यक्ति सङक्रमित (तालिका सहित)


    २१ चैत। कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५२ हजार ९८२ पुगेको छ । पछिल्लो विवरणअनुसार संंसारभरि १० लाख १४ हजार २९६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

    चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ ।

    कोरोनाभाइरस संक्रमणबाट सर्वाधिक प्रभाव परेका १० मुलुकको पछिल्लो परिदृश्य ।
    संयुक्तराज्य अमेरिकामा २ लाख ४४ हजार २३० कुल सङ्क्रमित भएका छन् भने, पाँच हजार ८८६ को मृत्यु भएको छ । हिजो मात्रै ७८४ जनाको मृत्यु भएको छ । यसैबीच १० हजार ४०३ निको भएर फर्किएका छन् ।
    इटालीमा १ लाख १५ हजार २४२ कुल सङ्क्रमित भएका छन् भने, तेह्र हजार ९१५ को मृत्यु भएको छ । हिजो मात्रै ७६० जनाको मृत्यु भएको छ । यसैबीच १८ हजार २७८ निको भएर फर्किएका छन् ।

    स्पेनमा हिजो मात्रै ९६१ जनाको मृत्यु भएको छ । १ लाख १२ हजार ०६५ कुल सङ्क्रमित भएका छन् भने, १० हजार ३४८ को मृत्यु भएको छ । यसैबीच २६ हजार ७४३ निको भएर फर्किएका छन् ।

    चीनमा ८१ हजार ५८९ कुल सङ्क्रमित भएका छन् भने, तीन हजार ३१८ को मृत्यु भएको छ । यसैबीच ७६ हजार ४०८ निको भएर फर्किएका छन् ।

    इरानमा ५० हजार ४६८ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार १ सय ६० को मृत्यु भएको छ । यसैबीच १६ हजार ७११ निको भएर फर्किएका छन् ।

    बेलायतमा ३३ हजार ७१८ कुल सङ्क्रमित भएका छन् भने, २ हजार ९२१ को मृत्यु भएको छ । यसैबीच १३५ निको भएर फर्किएका छन् ।

    नेदरल्यान्ड्समा १४ हजार ६९७ कुल सङ्क्रमित भएका छन् भने, एक हजार ३९३ को मृत्यु भएको छ । यसैबीच २५० जना निको भएर फर्किएका छन् ।

    जर्मनीमा ८४हजार ७९४ कुल भएका छन् भने, १हजार १०७ को मृत्यु भएको छ । यसैबीच २२ हजार ४४० निको भएर फर्किएका छन् ।

    बेल्जियममा १५ हजार ३४८ कुल सङ्क्रमित भएका छन् भने, १हजार ११ को मृत्यु भएको छ । यसैबीच २ हजार ४९५ निको भएर फर्किएका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस