जर्मनीमा काेराेना सङ्क्रमितको सङ्ख्या चीनमा भन्दा बढी

विश्व व्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ सङ्क्रमितको सङ्ख्या चीनमा भन्दा जर्मनीमा बढी पुगेको छ । शुक्र बारको समाचार तयार पर्दा सम्म जर्मनीमा कोरोना भाइरस सङ्क्रमितको संख्याचीनको भन्दा बढी देखिएको हो । हाल सम्म जर्मनीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८४ हजार ४ सय ९७ पुगेको छ ।
हिजो बिहीबार जर्मनीमा थप ६ हजार ८ सउ १३ जनामा सङ्क्रमित थपिएपछि चीन भन्दा बढी सङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको हो । चीनमा हाल सम्म ८१ हजार ५ सय ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यसरी बिहीबार जर्मनीमा कोरोना सङ्क्रमितको सङ्ख्या चीनको भन्दा बढी पुगेको हो ।
हाल सम्म जर्मनीमा १ हजार १ सय ७ जनाको मृत्यु भएको छ। चीनमा कोरोना भाइरस बाट ३ हजार ३ सय १८ जनाको मृत्यु भइसकेको छ । यस भाइरसको उद्गम स्थल मानिएको चीनमा हाल ७६ हजार ४ सय ८ जना बिरामी निको भइसकेका छन् चीन अहिले एक हजार ८ सय ६३ जना मात्रै कोरोना सङ्क्रमित रहेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस