• जीवनशैली | Jiwanshaili
  • लकडाउनले कार्बन उत्सर्जनमा ऐतिहासिक गिरावट, दोस्रो विश्वयुद्धको रेकर्ड तोड्यो


    यति खेर सारा विश्व कोरोना भाइरसको महामारीबाट जुधिरहेको छ ।विश्वका २५ प्रतिशत भन्दा बढी जनता लकडाउनका कारण घरभित्रै छन् भने लाखौँ उद्योग कलकारखाना बन्द रहेको छ । गत केही दिनमा विश्वका वातावरणमा केही उल्लेख्य सुधार भएको छ।

    कोरोना भाइरस सङ्क्रमणको कारण भारत, इटली, स्पेन लगायत सयौँ देशहरूमा लकडाउन छ। तर पछिल्ला दिनमा विश्वमा ठुलै औद्योगिक र मानवीय क्रियाकलापहरू कम भएकाले वातावरणमा ठुलो सुधार भएको छ।

    विश्वभर कार्बन उत्सर्जन ७५ वर्ष अघिको दोस्रो विश्वयुद्धको पछिको अवस्था भन्दा पनि कम भएको छ। कार्बन उत्सर्जन डाटा सङ्कलन गर्ने विश्वभरका वैज्ञानिकहरूले कार्बन उत्सर्जन ५ प्रतिशतले कम हुन सक्ने बताएका छन्।

    कार्बन उत्सर्जन पाँच प्रतिशतले घट्ने प्रक्षेपण

    विश्वव्यापी कार्बन उत्सर्जन ट्रयाक गर्ने ग्लोबल कार्बन प्रोजेक्टका अध्यक्ष रोब जैक्सन भन्छन् । २००८ को आर्थिक सङ्कटपछि कार्बन उत्सर्जनमा १.४ प्रतिशतले कमी आएको थियो जुन अहिले ५ प्रतिशतसम्म हुन सक्दछ।

    क्यालिफोर्नियाको स्ट्यानफोर्ड युनिभर्सिटीका अर्थ प्रणाली विज्ञानका प्राध्यापक ज्याक्सनले भनेकी यस वर्ष कार्बन उत्सर्जन ५ प्रतिशत वा सो भन्दा बढीले कम हुनु आश्चर्यजनक हुनेछ। यस्ताे दोस्रो विश्व युद्ध पछि भएको छैन।

    यस्तो राम्रो प्रभाव कहिल्यै देखिएको थिएन

    ज्याक्सनले भने विक्शवमा धेरै पटक ठुलो सङ्कट आइसकेको छ, चाहे सोभियत सङ्घको विघटन होस्, तेलको सङ्कट वा बैङ्कहरूको कर्जा सङ्कट, यसले वातावरणमा यत्तिको राम्रो प्रभाव कहिल्यै पारेको थिएन।

    तर यो लकडाउनले औद्योगिक इकाई, एयरलाइन्स र सबै प्रकारका मानव गतिविधिहरूलाई रोकेको छ। नतिजा स्वरूप, विगत ५० वर्षमा कुनै पनि सङ्कटले कार्बन उत्सर्जनमा यति असर गरेको थिएन । जस्तो थुप्रै देशहरूमा कोरोना भाइरस सङ्क्रमण रोक्नको गरिएकाे लकडाउनपछि भएकाे छ।

    अर्को वर्ष फेरी पुरानै अवस्था हुन सक्छ

    इंगल्यान्डको एक्स्टर युनिभर्सिटीका वैज्ञानिक पिएर फ्रेडलिंग्स्टनले लामो समयदेखि वातावरणमा यो सुधार भएको स्वीकार गर्छन्। यद्यपि कोभिड-१९ महामारी पछि विश्व फेरि आफ्नो पुरानो तालिकामा फर्किनेछ र विश्वको आर्थिक सङ्कटबाट मुक्त हुन उद्याेगहरु अझ गतिले चल्ने छन् । जसकाे कारण अर्को वर्ष, कार्बन उत्सर्जनको अवस्था फेरि पुरानै अवस्थामा पुग्न सक्ने छ ।


    क्याटेगोरी : खोज/विशेष

    प्रतिक्रिया दिनुहोस


    थप समाचार