• जीवनशैली | Jiwanshaili
  • इटलीमा थप ६८१ ,स्पेनमा ७४९ जनाको मृत्यु


    चैत्र-२३,२०७६।
    विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण इटलीमा शनिबार मात्रै ६८१ जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म इटलीमा १ लाख २४ हजार ६३२ कुल सङ्क्रमित भएका छन् भने, १५ हजार ३६२ जनाको मृत्यु भएको छ । यसैबीच २० हजार ९९६ निको भएर फर्किएका छन् ।

    यस्तै स्पेनमा शनिबार मात्रै ७४९ जनाको मृत्यु भएको छ । १ लाख २६ हजार १६८ कुल सङ्क्रमित भएका छन् भने, ११ हजार ९४७ को मृत्यु भएको छ । यसैबीच ३४ हजार २१९निको भएर फर्किएका छन् ।

    विश्वभरका २०५ भन्दा देश तथा क्षेत्रमा फैलिसकेको कोभिड १९ बाट हाल सम्म ६४ हजार मानीसको मृत्यु भइसकेको छ भने १२ लाख भन्दा बढि मानिसमा यस भाइरसको संक्रमण देखिसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस