कोरोना कहरः विगत २४ घण्टामा कहाँ के के भए ? (तालिका सहित)
२५ चैत,२०७६।मंगलबार ।
विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या १३ लाख नाघेको छ । मंगलबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या १३ लाख ४५ हजार ७ सय ५१ पुगेको छ । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोमिटरका अनुसार ज्यान गुमाउनेहरुको संख्या ७४ हजार ६ सय ४७ पुगेको छ ।
कोरोना भाइरस सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा १० हजार भन्दा बढीको ज्यान लिएको छ । सोमबार एकै दिन थप १ हजार २ सय ५५ जनाको मृत्यु भए पछि अमेरिकामा मृतकको संख्या १० हजार ८ सय ७१ पुगेको हो । एकै दिन अमेरिकामा ३० हजार ३ सय ३१ जना यस भाइरसबाट संक्रमित भएका छन् । मंगलबार बिहान सम्म ३ लाख ६७ हजार ०४ कुल सङ्क्रमित भएका छन् भने, यसैबीच १९ हजार ६७१ निको भएर फर्किएका छन् ।
यसै गरी काेराेना भाइरसबाट फ्रान्समा थप ८३३ को ज्यान लिएको छ । सोमबार फ्रान्समा ५ हजार १ सय ७१ जना यस भाइरसबाट संक्रमित भएका छन् । मंगलबारविहान सम्म फ्रान्समा ८ हजार ९ सय ११ मानीसको मृत्यु भइसकेको छ । यस्तै यस भाइरसबाट संक्रमितको संख्या ९८ हजार १० जना पुगेको छ ।
यस्तै स्पेनमा आइतबार ७०० जनाको मृत्यु भएको छ । १ लाख ३६ हजार ६७५ कुल सङ्क्रमित भएका छन् भने, १३ हजार ३४१को मृत्यु भएको छ । यसैबीच ४० हजार ४३७ निको भएर फर्किएका छन् । ५०२९ संक्रमित भएका छन् ।
यसै गरी विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड९१९० का कारण इटलीमा सोमबार मात्रै ६३६ जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म इटलीमा १ लाख ३२ हजार ५४७ कुल सङ्क्रमित भएका छन् भने, १६ हजार ५२३ जनाको मृत्यु भएको छ । यसैबीच २२ हजार ८३७ निको भएर फर्किएका छन् ।हिजो एकै दिन ३ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै कोरोना भाइरस (कोभिड-१९) का कारण बेल्जियममा मृत्यु हुनेको संख्या १ हजार ६ सय ३२ पुगेको छ । सोमबार थप १ सय ८५ जनाको मृत्यु भएपछि बेल्जीयममा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या यति पुगेको हो । यस्तै १ हजार १ सय २३ जना संक्रमित थपिएका छन् ।समाचार तयार पार्दा सम्म बेल्जियममा २० हजार ८ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमित रहेका वल्डवोमिटरसले उल्लेख गरेको छ ।
यसै गरी कोभिड १९ ले इरानमा ३ हजार ७ सय ३९ जनाको ज्यान लिएको छ । सोमबार थप १ सय ३६ जनाको ज्यान लिएपछि इरानमा ज्यान जानेको संख्या ३ हजार ७ सय नाघेको हो ।यस्तै आज इरानमा २ हजार २ सय ७४ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ । इरानमा ६० हजार ५ सय जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
यस्तै कोभिड १९ बाट नेदरल्याण्डमा आइतबार थप १ सय १ जनाको ज्यान गएको छ । आइतबार सम्म नेदरल्याण्डमा कोरोना भाइरसबाट १ हजार ८ सय ६७ जनाको ज्यान गएको छ ।यस्तै आज नेदरल्याण्डमा ९ सय ५२ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।नेदरल्याण्डमा १८ हजार ८ सय ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
भारतमा ४ हजार ७ सय ७८ जनामा कोरोनाले संक्रमण गराएको छ भने १ सय ३६ जनाको यस भाइरसका कारण मृत्यु भएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ हरितालिका तिज मनाइँदै
- २ हरितालिका तीज शुरु
- ३ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ४ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ५ आज गाईजात्रा
- ६ किन मृत्यु भएका घरबाट गाई निकालिन्छ
- ७ आज क्वाँटी खाने दिन; यस्ता छन् क्वाँटीका फाईदाहरु
- ८ आज जनै पूर्णिमा पर्व तथा रक्षाबन्धन मनाइँदै
प्रतिक्रिया दिनुहोस