• जीवनशैली | Jiwanshaili
  • अमेरिकामा लगातार तेस्रो दिन पनि उच्च मृत्युदर, बिहिबार थप १ हजार ८ सय ७२ जनाको मृत्यु


    २८ चैत,२०७६।शुक्रबार।

    कोरोना भाइरस सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मर्नेको संख्या ह्वात्तै बढेको छ । बिहिबार एकै दिन १ हजार ८ सय ७२ जनाको ज्यान गए पछि ज्यान जानेको संख्या १६ हजार नाघेको हो । अमेरिकामा मृतकको संख्या १६ हजार ६ सय ६३ पुगेको हो । एकै दिन अमेरिकामा ३३ हजार २ सय ५६ जना यस भाइरसबाट संक्रमित भएका छन् । बिहिबार बिहान सम्म ४ लाख ६८ हजार २८६ कुल सङ्क्रमित भएका छन् भने, यसैबीच २५हजार ३१६ निको भएर फर्किएका छन् ।

    विश्वभरका २०९ भन्दा देश तथा क्षेत्रमा फैलिसकेको कोभिड १९ बाट हाल सम्म ९५ हजार मानीसको मृत्यु भइसकेको छ भने १६ लाख भन्दा बढि मानिसमा यस भाइरसको संक्रमण देखिसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस