• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरः विगत २४ घण्टामा कहाँ के के भए? (तालिका सहित)


    चैत्र ३० गते ।आईतबार।

    विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या करिब १७ लाख ७९ हजार पुगेकाे छ । आईतबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या १७ लाख ७९ हजार ९९ पुगेको छ । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोमिटरका अनुसार ज्यान गुमाउनेहरुको संख्या १ लाख ८ हजार ७ सय ७० पुगेको छ ।
    अमेरिका

    कोरोना भाइरस सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मर्नेको संख्या आज पनि बढेको छ । शनिबार एकै दिन १ हजार ८ सय ८ जनाको ज्यान गए पछि ज्यान जानेको संख्या २० हजार नाघेको हो । अमेरिकामा मृतकको संख्या २० हजार ५ सय ५५ पुगेको छ । एकै दिन अमेरिकामा २९ हजार ६७ जना यस भाइरसबाट संक्रमित भएका छन् । आईतबार बिहान सम्म ५ लाख ३१ हजार ९४३ कुल सङ्क्रमित भएका छन् ।


    बेलायत
    विश्वव्यापी महामारी निम्त्याएको को भिड १९ भनिने कोरोना भाइरसबाटकोरोना भाइरस (कोभिड-१९) का कारण बेलायतमा शनिबार एकै दिन ९ सय १७ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोनाभाइरसबाट बेलायतमा मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७५ जना पुगेको छ । युकेमा एकै दिन ५ हजार २ सय ३३ जना संक्रमित भएका छन् ।

    यो संगै बेलायतमा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या ७८ हजार ९ सय ९१ पुगेको छ ।

    फ्रान्स
    विश्वभर कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा ज्यान गुमाउनेको संख्या आइतबार सम्म १३ हजार ८ सय नाघेको छ । विगत २४ घण्टामा थप ६ सय ३५ जनाको मृत्यु भएपछि फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या १३ हजार ८ सय ३२ पुगेको हो ।शुक्रबार फ्रान्समा थप ४ हजार ७ सय ८५ जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट फ्रान्समा १ लाख २९ हजार ६५४ जनासंक्रमित भएका छन् ।


    स्पेन
    कोभिड १९ बाट स्पेनमा शनिबार थप ५ सय १० जना विरामीको ज्यान लिएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको तथ्याङक अनुशार शनिबार सम्म स्पेनमा १६ हजार ३ सय ५३ जनाको मृत्यु भएको छ । शनिबार स्पेनमा थप ४ हजार ८ सय ३० जना संक्रिमत भएका छन् । यस्तै यस भाइरसबाट स्पेनमा हाल सम्म १ लाख ६१ हजार ८ सय ५२ जना संक्रिमत भइसकेका छन् ।
    पछिल्लो समय स्पेनमा यस भाइरसबाट ज्यान गुमाउनेको संख्या अघिल्लो हप्ताको तुलनामा केहि कमी आएको छ ।


    इटली
    कोरोना भाइरस ९कोभिड(१९० का कारण इटलीमा शनिबार थप ६१९ जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म इटलीमा १ लाख ५२ हजार २७१ कुल सङ्क्रमित भएका छन् भने, १९ हजार ४ सय ६८ जनाको मृत्यु भएको छ । हिजो एकै दिन ४ हजार ६ सय ९४ जनामा कोरोना संक्रमण देखिएको छ ।

    नेदरल्याण्ड
    कोरोना भाइरसबाट शनिबार नेदरल्याण्डमा एकै दिन थप १ सय ३२ जनाको मृत्यु भएको छ । यो संगै नेदरल्याण्डमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ हजार ६ सय ४३ पुगेको छ । यस्तै शनिबार १ हजार ३ सय १६ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।नेदरल्याण्डमा हाल सम्म २४ हजार४ सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    इरान
    कोरोना भाइरसबाट इरानमा शनिबार एकै दिन थप १ सय २५ जनाको ज्यान गएको छ । यो संगै एशियाली मुलुक इरानमा मृत्यु हुनेको संख्या ४ हजार ३ सय ५७ पुगेको छ । यस्तै शुक्रबार १ हजार ८ सय ३७ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।इरानमा हाल सम्म ७० हजार २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    बेल्जियम


    कोरोना भाइरसबाट बेल्जियममा शनिबार एकै दिन थप ३ सय २७ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या चीनको भन्दा बढी पुगेको छ । शनिबार १ सय २५ को ज्यान गए संगै ३ हजार ३ सय ४६ पुगेको छ । यस्तै शनिबार १ हजार ३ सय ५१ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।बेल्जियममा हाल सम्म २८ हजार १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।चीनमा हाल सम्म ३ हजार ३ सय ३९ को ज्यान गएको छ ।

    भारत

    भारतमा ८ हजार ४ सय ४६ जनामो कोरोनाले संक्रमण फैलाएको छ । भारतमै यस भाइरसका कारण २ सय ८८ जनाले ज्यान गुमाएका छन्

    कोरोना भाइरस विश्वभरका २१० भन्दा देश तथा क्षेत्रमा फैलिसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस