बाग्लुङमा थप एक महिलामा देखियो कोरोना पोजेटिभ, पुनः स्वाब परीक्षण गरिने
बागलुङमा एक महिलामा कोरोनाको द्रुत परीक्षण (र्यापिड टेष्ट) गर्दा पोजेटिभ नतिजा देखिएको छ ।
जिल्लाको काठेखोला गाउँपालिकामा आइतबार ७ जनाको द्रुत परीक्षण गरिएकोमा वडा नम्बर ६ बिहुँ इनारपानीकी ६५ वर्षीय महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको बताइएकाे छ ।
र्यापिड टेष्टमा पोजेटिभ देखिएपछि महिलालाई गाउँपालिकाकै क्वारेन्टाईनमा राखिएको छ । उनी केहि साता अघि मात्र गाउँका अन्यसँग मिलेर भारतको तिर्थयात्रा गएर फर्किएकी थिइन् ।
महिलाको पुनः स्वाब संकलन गरेर थप परीक्षणका लागि पोखरा या काठमाण्डौ पठाउने तयारी भई रहेको बताइएकाे छ ।
जिल्लामा थालिएको कोरोनो भाइरसको द्रुत परीक्षण (र्यापिड टेष्ट)मा ८ सय ६५ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस