• जीवनशैली | Jiwanshaili
  • बीरगन्जबाट कैलाली पुगेकी महिलामा देखियाे काेराेना पाेजेटिभ


     कैलालीको लम्की चुहा नगरपालिका की एक महिलामा कोरोना पोजेटिभ देखिएको छ। लम्की चुहा नगरपालिका वडा नं. १ भुरुवाकी एक महिलामा कोरोना पोजेटिभ देखिएको कैलाली बाट प्रकाशित हुने दिनेश खबर डट कम ले उल्लेख गरेकाे छ । स्वाब संकलन गरेका टीकापुर अस्पतालका स्वास्थ्यकर्मीका अनुसार ती महिलामा कोरोना पोजेटिभ देखिएको हो। यद्यपी स्वास्थ्य मन्त्रालय बाट भने यसकाे पुष्टी भइसकेकाे छैन् । ती महिलासहित ५१ जना लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो। 

    वीरगञ्जनाकामा सामान्य चियापसल सञ्चालन गर्दै आएकी ती महिलासहित १७ जना चैत्र ९ गते लम्की आएका थिए। नेपालबाटै आएपछि उनी भुरुवामा आफन्तको घरमा बसोबास गरेकी थिइन्। सीमा नाकाबाट आएको भन्दै उनलाई जनप्रतिनिधिहरुले क्वारेन्टाइनमा राख्न लगाएका थिए। 

    चैत्र २५ गते काठमाडौंबाट आएको स्वास्थ्यकर्मीको टोलीले क्वारेन्टाइनमा बसेका ५१ जनामध्ये ४४ जनाको र्‍यापिड टेष्ट गरेको थियो। र्‍यापिड टेस्टमा नेगेटिभ देखिएपछि उनलाई १४ दिनपछि क्वारेन्टाइनबाट छाडिएको थियो। क्वारेन्टाइनबाट छाडिएपछि उनी आफन्तको बस्न थालेकी थिइन्। 
        
    र्‍यापिड टेस्टमा नेगेटिभ आएपनि टोलीले स्वाब समेत संकलन गरी काठमाडौं लगेको थियो। काठमाडौंमा गरिएको परीक्षणमा महिलामा पोजेटिभ देखिएपछि ती महिलालाई आइसोलेनसमा राख्ने तयारी भइरहेको छ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस