र्यापिड टेस्टमा पोजेटिभ देखिएपनि पुनः परीक्षणमा कोरोना देखिएन

बागलुङमा आइतबार गरिएको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) मा पोजिटिभ नतिजा आएको ६५ वर्षीय एक महिलाको प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।
र्यापिड टेस्टमा कोरोना पोजेटिभ आए पनि पीसीआरको पुन: परीक्षणमा नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिएका छन् ।
र्यापिड टेस्टमा नतिजा पोजेटिभ आएपछि ती महिलाको स्वाब कलेक्सन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको थियो । ‘र्यापिड टेस्टमा पोजेटिभ नतिजा आएपछि स्वाब कलेक्सन गरेर राति नै पुनस् परीक्षणका लागि पोखरा पठाएका थियौं,’ उनले भने, ‘त्यहाँ गरिएको पीसीआर टेस्टले भने नतिजा नेगेटिभ देखायो ।’
जिल्लामा २ जना कोरोना भाइरस संक्रमित भेटिएपछि बाग्लुङमा र्यापिड टेस्ट थालिएको थियो । आइतबार गरिएको ५७ जनाको टेस्टमा अन्यको नतिजा नेगेटिभ आएपनि ती महिलाको नतिजा पोजेटिभ देखिएको थियो ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस