र्यापिड टेस्टमा पोजेटिभ देखिएपनि पुनः परीक्षणमा कोरोना देखिएन
बागलुङमा आइतबार गरिएको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) मा पोजिटिभ नतिजा आएको ६५ वर्षीय एक महिलाको प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।
र्यापिड टेस्टमा कोरोना पोजेटिभ आए पनि पीसीआरको पुन: परीक्षणमा नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिएका छन् ।
र्यापिड टेस्टमा नतिजा पोजेटिभ आएपछि ती महिलाको स्वाब कलेक्सन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको थियो । ‘र्यापिड टेस्टमा पोजेटिभ नतिजा आएपछि स्वाब कलेक्सन गरेर राति नै पुनस् परीक्षणका लागि पोखरा पठाएका थियौं,’ उनले भने, ‘त्यहाँ गरिएको पीसीआर टेस्टले भने नतिजा नेगेटिभ देखायो ।’
जिल्लामा २ जना कोरोना भाइरस संक्रमित भेटिएपछि बाग्लुङमा र्यापिड टेस्ट थालिएको थियो । आइतबार गरिएको ५७ जनाको टेस्टमा अन्यको नतिजा नेगेटिभ आएपनि ती महिलाको नतिजा पोजेटिभ देखिएको थियो ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस