• जीवनशैली | Jiwanshaili
  • बैशाख १५ गते सम्म लक डाउन थप गर्ने मन्त्रिपरिषद्को निर्णय


    बैशाख २ गते, मंगलबार ।

    सरकारले बैशाख १५ गते सम्म लक डाउन लक डाउन थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले जारी लकडाउन थप १२ दिन थप गर्ने निर्णय गरेको हाे । पछिल्लो समय नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गए पछि सरकारले यस्तो निर्णय गरेको हो ।

    हिजो सोमबार एक जना कैलाली र एक जना रौतहटमा कोरोना भाइरस सङ्क्रमित फेला परेको थियो । यस्तै आज मङ्गलवार काठमाण्डौँको सन सिटी अपार्टमेन्टमा रहेका थप २ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि सरकारले आउन सक्ने खतरालाई मध्य नजर गर्दै जारी लकडाउन बढाउने निर्णय भएको बताइएको छ ।

    यस अघि वैशाख ११ गते सात दिनको लागि लकडाउन जारी गरिएको थियो । यस्तै दोस्रो पटक वैशाख २५ र तेस्रो पटक ड दिनको लागि वैशाख ३ गते सम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस