इरानमा कोरोना नियन्त्रणमा आउने सङ्केत,पछिल्लो साता सङ्क्रमित र मृत्युदर घट्दो
बैशाख ३ गते, बुधबार ।
कोरोना भाइरसको संक्रमणबाट इरान बाहिर आउन निक्कै कसरत गर्दै आएको छ । यसै बिच इरानमा कोरोना सङ्क्रमित र मृत्यु हुनेको दर भने पछिल्लो साता घट्दो दरमा रहेको छ । पछिल्लो दश दिनको तथ्याङ्क लाई हेर्दा इरान कोरोना भाइरसको सङ्क्रमणको नियन्त्रण उन्मुख रहेको देखिन्छ ।
अप्रिल ५ तारिखमा इरानमा २ हजार ४ सय ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो भने त्यस पछि निरन्तर घटेर अप्रिल १५ तारिख १ हजार ५ सय १२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

यसै गरी इरानमा पछिल्लो दुई दिनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ३ अङ्कबाट झरेर २ अङ्कमा आइपुगेको छ । मङ्गलवार ९८ जनाको ज्यान गएको इरानमा बुधवार ९४जनाको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
हाल सम्म इरानमा कोरोना भाइरस सङ्क्रमितको ७६ हजार ३ सय ८९ रहेको छ । बुधवार सम्म इरानमा ४ हजार ७ सय ७७ जना को मृत्यु भइसकेको छ । इरानमा हाल सम्म ४९ हजार ९ सय ३३ जना बिरामी निको भइसकेका छन् । यसरी हेर्दा इरानमा २६ हजार सङ्क्रमित उपचारत छन् ।

क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस