इरानमा कोरोना नियन्त्रणमा आउने सङ्केत,पछिल्लो साता सङ्क्रमित र मृत्युदर घट्दो

बैशाख ३ गते, बुधबार ।
कोरोना भाइरसको संक्रमणबाट इरान बाहिर आउन निक्कै कसरत गर्दै आएको छ । यसै बिच इरानमा कोरोना सङ्क्रमित र मृत्यु हुनेको दर भने पछिल्लो साता घट्दो दरमा रहेको छ । पछिल्लो दश दिनको तथ्याङ्क लाई हेर्दा इरान कोरोना भाइरसको सङ्क्रमणको नियन्त्रण उन्मुख रहेको देखिन्छ ।
अप्रिल ५ तारिखमा इरानमा २ हजार ४ सय ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो भने त्यस पछि निरन्तर घटेर अप्रिल १५ तारिख १ हजार ५ सय १२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

यसै गरी इरानमा पछिल्लो दुई दिनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ३ अङ्कबाट झरेर २ अङ्कमा आइपुगेको छ । मङ्गलवार ९८ जनाको ज्यान गएको इरानमा बुधवार ९४जनाको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
हाल सम्म इरानमा कोरोना भाइरस सङ्क्रमितको ७६ हजार ३ सय ८९ रहेको छ । बुधवार सम्म इरानमा ४ हजार ७ सय ७७ जना को मृत्यु भइसकेको छ । इरानमा हाल सम्म ४९ हजार ९ सय ३३ जना बिरामी निको भइसकेका छन् । यसरी हेर्दा इरानमा २६ हजार सङ्क्रमित उपचारत छन् ।

क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस